जाजरकोट–जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाटै पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरूलाई शनिबार राती २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अधिकृत घर्तीसहित कांग्रेस भेरी नगरपालिकाका सभापति एवं वडाध्यक्ष शशी बुढा पनि रहेका छन् । प्रहरीले जुवाडेको साथबाट २ लाख रुपैयाँ नगद बरामद गरेको छ ।