काठमाडौं–भक्तपुर उद्योग वाणिज्य संघले संघ सचिवालयमा थाइल्यान्ड तथा श्रीलंकाली राजदूतलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा भक्तपुरको आर्थिक विकासमा थाइल्यान्ढ र श्रीलंकाका उद्यमी व्यवसायीको सहयोग एवं सहकार्यबारे छलफल भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघ अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्यमी व्यवसायीको हकहित रक्षाका साथै उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको भक्तपुर उद्योग वाणिज्य संघले थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीसित सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न पहल गर्ने बताए ।
श्रीलंकाली राजदूत हिमाली शुभाशिनी तिलकरत्नले श्रीलंकाको नेसनल चेम्बर अफ कमर्ससित भ्रातृत्व सम्बन्ध विकास गर्ने पहलका धन्यवाद दिइन् । थाइल्यान्डका उद्योग वाणिज्य संघसित सम्बन्ध स्थापित गर्न सहयोगका लागि थाइल्यान्डका राजदूतलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपालका लागि थाइल्यान्डका राजदूत वोसित वोरोसाफले दुई देशबीच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पु¥याउन सदुपयोग गर्न सकारात्मक रहेको बताए । उनले भक्तपुर उद्योग वाणिज्य संघको स्वागतका लागि धन्यवाद दिए ।
श्रीलंकाली राजदूत हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्त्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको सुनाउँदै श्रीलंका र नेपाल दुवै पर्यटन उद्योगमा केन्द्रित मुलुक भएकाले यहाँका व्यवसायीले एकआपसमा सहयोग गर्न सक्ने बताइन् ।
उनले श्रीलंकाका उद्योग वाणिज्य संघसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पु¥याउने विश्वास दिलाइन् । संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबन्जाले दुई मुलुकका राजदूतलाई सम्मान गरेर आर्थिक, सांस्कृतिक विकास आदानप्रदानबारे छलफल भएको जानकारी दिइन् । कार्यक्रममा संघका सल्लाहकार, कार्यसमिति सदस्य एवं विभिन्न वस्तुगत संघका अध्यक्षको पनि उपस्थिति थियो ।