close

स्याङ्जाको फेदीखोलाले बनायो आफ्नै गीत

स्याङ्जाको फेदीखोलाले बनायो आफ्नै गीत

Trulli
ADVERTISEMENT

स्याङ्जा–स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै गीत निर्माण गरेको छ । देशभरका पालिकाले आफ्नै लोगो र गान निर्माण गर्ने प्रयास गरिरहँदा फेदीखोला पहिलो गीत निर्माण गर्ने पहिलो पालिका बनेको हो ।

 

पालिकाभित्रका ३८ जना प्रतिस्पर्धीको छनोटबाट वडा नम्बर ४ का हुमनाथ शर्माले रचना गरेको गीतलाई छनोट समितिको सिफारिसअनुसार कार्यपालिकाको बैठकबाट स्वीकृत गरिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।


गाउँपालिकाको गीतलाई अब पालिकाभित्रका विद्यालय र सार्वजनिक कार्यक्रममा प्रयोगमा ल्याइने सुवेदीले बताए । गीतमा गाउँपालिकाभित्रको धर्म, संस्कृति, भौगोलिक विशेषतालाई समेटिएको छ । आफ्नै स्थानीय पाठ्यक्रमसमेत बनाएको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चय कोष, कृषि एम्बुलेन्सलगायत कार्यक्रम सञ्चालन गरेको छ ।