close

पालिका उपाध्यक्षकै नेतृत्वमा तिलाठी कोइलाडीमा लाग्यो ताला 

पालिका उपाध्यक्षकै नेतृत्वमा तिलाठी कोइलाडीमा लाग्यो ताला 

Trulli
ADVERTISEMENT

सप्तरी–विभिन्न निर्णयको प्रतिलिपि नदिएको भन्दै गाउँपालिका उपाध्यक्ष सुचिताकुमारी यादवसहितले पालिकामा लगाएको ताला तथा धर्ना तेस्रो दिन पनि जारी छ ।  गाउँपालिका उपाध्यक्ष यादवको नेतृत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव झाको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरी धर्नामा बसेका हुन् ।

 

आर्थिक वर्ष ०७८/८९ को राजस्व परामर्श समितिको बैठकको निर्णयको प्रतिलिपी उपलब्ध गराउनुपर्ने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णय प्रतिलिपि उपलब्ध गराउनुपर्ने, बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिको बैठकको निर्णय प्रतिलिपि उपलब्ध गराउनुपर्ने, गाउँपालिकाबाट वडामा पठाएको बजेट सिलिङको पत्र र वडाबाट प्राप्त बजेट सिलिङको प्रतिलिपि उपलब्ध गराउनुपर्ने , आर्थिक वर्ष ०७८/७९ को गाउँसभाको निर्णयसहितको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनुपर्नेलगायत माग अगाडि सारेर तीन दिनदेखि पालिकाको प्रमुख प्रशासीकय अधिकृतको कार्यकक्षमा ताला लगाएर आन्दोलनमा उत्रेको उपाध्यक्ष यादवले बताइन् । 

यसअघि पटक–पटक सूचनाको हकसम्बन्धी विभिन्न निर्णयको प्रतिलिपि माग गर्दा पनि गाउँपलिका अध्यक्ष सतिश सिंह तथा प्रमुख प्रशासकीय अधिकृतसमेतले चासो नदेखाएपछि केही कार्यपालिका सदस्य मिलेर तालाबन्दी, धर्ना र आन्दोलन गर्न बाध्य भएको उपाध्यक्ष यादवको भनाइ छ । माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने उपाध्यक्ष यादवले बताइन् ।