देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) काठमाडौंको टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रम सुरु गर्यो, हरेक वडाका ७० जना ५० वर्ष नाघेका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरिने ।
२) नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना निकाल्यो, ९ पुससम्म विद्यालयले प्रस्ताव पेश गर्नुपर्ने ।
३) दाङको तुलसीपुर उपमहानगरपालिकामा विभिन्न शिर्षकका कर ईसेवा मार्फत भुक्तानी गर्न सकिने, सेवाग्राहीलाई सहज ।
४) अर्घाखाँचीको मालारानी गाउँपालिकाले नयाँ भवनबाट सेवा दिन थाल्यो, नवनिर्मित भवनको गरियो उद्घाटन ।
५) तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ३ मा खोप केन्द्रको भवन सञ्चालनमा आयो, नगरप्रमुख संजय तुम्वाहाङफेले गरे उद्घाटन ।
६) हुम्लाको सर्केगाड गाउँपालिकाद्वारा विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण, सिमकोटमै प्याड बैंक स्थापना भएपछि छात्रालाई सहज ।
७) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेमा नवनिर्मीत स्वास्थ्य भवनमा निशुल्क स्वास्थ्य शिविर सन्चालन, औपचारिक रूपमा भवन उद्घाटन भने फागुनमा गरिने ।
८) सर्लाहीको हरिपुर नगरपालिकाले कृषकसँग माग्यो धान बालीमा भएको क्षतिको विवरण, ७ दिनभित्र खेतको लालपूर्जा लिएर नगरपालिका आउन सूचना जारी ।
९) सुनसरीको देवानगञ्ज गाउँपालिकाले निःशुल्क रेबिजविरुद्धको खोप लगाइदिने, सबै वडाका पशुपालक कृषकलाई पशु ल्याउन सूचना जारी ।
१०) झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष ७८÷७९ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाइ सम्पन्न, जनप्रतिनिधिको कामप्रति नागरिक सन्तुष्ट ।
११) अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मार्यो भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा छापा, खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरीपरेपछि आवश्यक कागज नियन्त्रण ।
१२) बर्दियाको ठाकुरबाबा नगरपालिकाले निःशुल्क वेल्डिङ तथा प्लम्बिङ सम्बन्धी तीन महिने तालिम सञ्चालन गर्ने, इच्छुक व्यक्तिले ४ पुससम्ममा निवेदन दिनुपर्ने ।
१३) सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ४मा नवलपुर घ्याङ गुठी गुम्बाको भवन निर्माण गरिने, पालिकाका अध्यक्ष वंशलाल तामाङले गरे शिलान्यास ।
१४) झापाको भद्रपुर नगरपालिकाद्वारा वडावडामा सामुदायिक अभिमूखीकरण कार्यक्रमको आयोजना, युवा सिप, रोजगारी, उद्यमशीलता र सुरक्षित वैदेशिक रोजगारका विषयमा छलफल ।
१५) ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनको काम जारी, नाम दर्ता गर्न स्थानीयको उत्साहजनक सहभागिता ।