देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) तेह्रथुमको म्याङलुङ नगरपालिकाले वडा नम्बर १० का कृषकलाई बाँड्यो बाख्रा र बंगुर, कृषक दंग ।
२) कपिलवस्तुको शिवराज नगरपालिकाको सबै वडामा वडास्तरीय खेलकुद प्रतियोगिता जारी, नगरस्तरीय प्रतियोगिता पनि छिट्टै आयोजना हुने ।
३) पर्वतको मोदी गाउँपालिका वडा नम्बर ४ को कार्यालयले थाल्यो अनलाइनबाटै व्यक्तिगत घटना दर्ता, सेवाग्राहीलाई सहज ।
४) कास्कीको पोखरा महानगरपालिकाले वडा नम्बर ८ मा प्रशासकीय भवन निर्माण गर्ने, कार्यबाहक नगरप्रमुख मञ्जुदेवी गुरुङले गरिन् शिलान्यास ।
५) काठमाडौं महानगरपालिकाले २७ औँ महानगर दिवस मनाउँदै, दिवसका अवसरमा २९ मंसिरसम्म विभिन्न कार्यक्रम गरिने ।
६) पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले सुरु गर्यो ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा, अब एक लाखसम्मको उपचार निःशुल्क हुने ।
७) जबरजस्ती करणीको अभियोग लागेका सुनसुरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले जिल्ला अदालतबाट पाए सफाइ, अध्यक्षको पद पुनः सम्हाल्ने ।
८) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले कर्रा करिडोर निर्माणको काम अघि बढायो, एक करोड ५० लाख रुपैयाँको लागतमा करिडोर निर्माण हुने ।
९) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन थाल्यो, सेवाग्राही दंग ।
१०) पर्साको वीरगञ्ज माहानगरपालिकाले वडा नम्बर नम्बर १६ मा ग्रीन हस्पिटल वेस्ट व्यवस्थापन सेन्टर स्थापना गर्यो, अब अत्याधुनिक मेसिनद्वारा फोहोर नष्ट गरिने ।
११) ललितपुर महानगरपालिकाले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गर्न थाल्यो, अनधिकृत पार्किङ निरूत्साहित गर्न महानगर क्षेत्रमा नगर प्रहरी परिचालन ।
१२) सिरहाको धनगढीमाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बिउ उपलब्ध गराउन थाल्यो, बिउ लिन वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने ।
१३) भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ को तछु टोलमा गणेशको मन्दिर निर्माण गरिने, नगरप्रमुख मदन सुन्दर श्रेष्ठले गरे शिलान्यास ।
१४) दाङको तुलसीपुर उपमहानगरपालिकाले एक जना सर्भेक्षक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले १२ पुससम्म दरखास्त बुझाउनुपर्ने ।
१५) रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई २९ मंसिरमा बालमैत्री नगर घोषणा गरिने, २९ गते पालिका र मातहतका कार्यालय बन्द गर्ने नगरको निर्णय ।