close

नगरव्यापी विद्यालयस्तरीय खेलकुद स्पर्धा गर्दै भक्तपुर 

नगरव्यापी विद्यालयस्तरीय खेलकुद स्पर्धा गर्दै भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा नगरभित्रका ६० वटा विद्यालय सहभागी भएका छन् ।  पहिलो दिनमा खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न वडा कार्यालयको आयोजनामा जिम्न्यास्टिक, तेक्वान्दो, खो–खो र टेबुलटेनिस प्रतियोगिता भए । 


सोमबार भक्तपुरको सहिद स्मृति मेलमैदानमा भएको जुनियर पुरुष भुइँ व्यायाममा मेधा माविका युनिश खत्री प्रथम, मेधा माविका मोहित ठाकुर द्वितीय र महेन्द्र विद्याश्रमका रियाजल जाकी बन्जार तृतीय भए ।


यसैगरी सिनियर पुरुष भुइँ व्यायामतर्फ सैनिक आवासीय महाविद्यालयका प्रविन कार्की प्रथम, सोही माविका सहदेव सापकोटा द्वितीय र एभरेष्ट स्कुलका अर्नेश सुवालले तृतीय स्थान हासिल गरे ।

 

सोमबारै भएको महिला भुइँ व्यायाममा ज्ञानतारा स्कुलका सौभाग्य कोजु प्रथम, द राइजिङ स्कुलका रिजु रन्जित द्वितीय र सैनिक आवासीय महाविद्यालयका मेलिथा थापाले तृतीय स्थान हासिल गरे ।

 

भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत वडा नम्बर १० को आयोजनामा भइरहको खो–खो प्रतियोगिता भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालको प्रमुख आतिथ्यमा वडा नम्बर १० स्थित सरस्वती मावि प्रांगणमा सुरु भएको छ । 


मंगलबार सम्पन्न पहिलो खेलमा स्कोलर्स होम स्कुलले व्बाइजतर्फको खेलमा ब्राइट स्टार स्कुललाई १०–९ ले पराजित गरेको थियो भने दोस्रो खेलमा सरस्वती विद्यागृहले ज्ञानतारा आधारभूत विद्यालयलाई ६–४ ले पराजित गरेको छ ।


कुल २७ विद्यालयको सहभागिता रहेको खो–खो प्रतियोगितामा मंगलबार बिहान ८ः०० बजे आदर्श आजाद मावि र प्रभात इङ्लिस स्कुल तथा विद्यार्थी निकेतन मावि र तारा माविबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । 


भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत वडा नम्बर २ को आयोजनामा भइरहेको टेबुलटेनिस प्रतियोगिताको सुरुआत वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद वासुकलाले निर्णायक इन्द्रभक्त पञ्चलाई टेबुलटेनिस बल हस्तान्तरण गरी गरे ।


मंगलबारबाट २ दिनसम्म चल्ने प्रतियोगितामा गल्र्स अन्डर १२ र १६ मा २० जना, ब्वाइज अन्डर १२ र १६ मा ६१ जना, मिक्स इभेन्टस्मा १२ जोडी, गल्र्स टिममा ११ र ब्वाइज टिममा ६ टिमले भाग लिने आयोजक समितिले जनाएको छ ।