देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) भक्तपुर नगरपालिकाले १८ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनायो, दिवसका अवसरमा ३ जना स्वयंसेविका पुरस्कृत ।
२) दाङको घोराही उपमहानगरपालिकाले नेत्रलाल अभागी रंगशाला निर्माणको कामलाई तिब्रता दिने, नगरप्रमुख नरुलाल चौधरी र प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेबीच छलफल ।
३) बाराको बिश्रामपुर गाउँपालिकाले किसान सूचिकरण कार्यक्रम अन्तर्गत पाँच जना सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले मंसिर २५ गतेभित्र दरखास्त बुझाउनुपर्ने ।
४) रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले नागुङ गाउँमा सडक पुर्यायो, उपभोक्ता समितिमार्फत सडक निर्माण ।
५) पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाले तीन जना गणक र एक जना सुपरिवेक्षक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले ४ पुषभित्र दरखास्त बुझाउनुपर्ने ।
६) हिंसाबाट जोगिन डोटीको दिपायल सिलगढी नगरपालिकाद्वारा किशोरीलाई आत्मरक्षा तालिम प्रदान, तालिममा ४० किशोरीको सहभागिता ।
७) काठमाडौंको टोखा नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्ने, ५० वर्ष नाघेका पालिकावासीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने ।
८) तनहुँको बन्दीपुर गाउँपालिकाले दुई जना विद्यार्थीलाई इन्जिनियर पढाउने, आठ लाख रुपैयाँ बजेट विनियोजन ।
९) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १८औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा २३ जना उत्कृष्ट स्वयमसेविकालाई सम्मान, प्रभातफेरी फेरी पनि आयोजना ।
१०) बागलुङको काठेखोला गाउँपालिकामा हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु, तीन करोड ७३ लाख ३३ हजार रुपैयाँको लागतमा परियोजना सञ्चालन गरिने ।
११) म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ स्थित दोबामा पालिकास्तरीय अस्पताल भवन बनाउन सुरु, भवन निर्माणका लागि रविना–अमित जेभीसँग सम्झौता ।
१२) तनहुँको शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, सेवाग्राहीलाई सहज ।
१३) रौतहटको कटहरिया नगरपालिकाले छात्रालाई प्रदान गर्यो साइकल, ५३ जना छात्रा लाभान्वित ।
१४) २२ र २३ मंसिरमा खोटाङका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने, स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने ।
१५) सरकारले वृद्धि गरेको तलब माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बालविकास शिक्षक र कर्मचारी ५ मंसिरदेखि आन्दोलित, शिक्षा शाखामा तालाबन्दी, कामकाज ठप्प ।