close

स्थानीय तहको निर्वाचन केही महिनाभित्रै हुन्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचन केही महिनाभित्रै हुन्छ : प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महिनामै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रदेश १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महिनामै स्थानीय तह र एक वर्षभित्रै संघ र प्रदेशको चुनाव हुने जानकारी दिए । उनले कार्यकर्तालाई सोहीअनुसार तयारी थाल्न निर्देशन दिए ।


सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्तालाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिए । ‘केही महिनामै स्थानीय तहको निर्वाचनमा जानेछौँ । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौँ,’ उनले भने, ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहमा चुनाव केन्द्रित हुनुपर्छ ।’ मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवेशनले पार्टीलाई थप सशक्त बनाउने बताए ।