देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दशौँ नगर सभाको बैठक सम्पन्न, बैठकले गर्यो विभिन्न महत्वपूर्ण निर्णय ।
२) भक्तपुर नगरपालिका वडा नम्बर ८ मा रहेको भगवती मन्दिरको पुनर्निर्माण सुरू, छाना छाउने कार्यको नगरप्रमुख सुनिल प्रजापतिले गरे निरीक्षण ।
३) महोत्तरीको रामगोपालपुर नगरपालिकाले विभिन्न वडामा आधारभूत स्वास्थ्य केन्द्र्रबाट नगरवासीलाई स्वास्थ्य सेवा दिन थाल्यो, भवनको गरियो उद्घाटन ।
४) सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषि, दुग्ध र बहुउद्देश्यीय सहकारीलाई सफ्टवेयर जडान गर्न ५० प्रतिशत रकम अनुदान दिने, इच्छुक सहकारीले १५ दिन भित्र पालिकामा निवेदन पेश गर्नुपर्ने ।
५) पाल्पाको निस्दी गाउँपालिकाले साना व्यावसायिक कृषि उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी, इच्छुक कृषक समूह तथा फार्मले १५ दिन भित्र प्रस्ताव पेश गर्नु पर्ने ।
६) कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई चार लाख रूपैयाँ प्रदान, निःशुल्क रगत उपलब्ध गराइने ।
७) जाजरकोटको भेरी नगरपालिकाद्वारा कृषकलाई च्याउको बिउ वितरण, ५० प्रतिशत अनुदानमा बिउ पाउँदा कृषक दंग ।
८) च्याउ उत्पादन अनुदान कार्यक्रममा सहभागी हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले जारी गर्यो सूचना, इच्छुक कृषकले कृषि शाखामा निवेदन दिनुपर्ने ।
९) स्याङ्जाको फेदीखोला गाउँपालिकाले घरघरमा इन्डक्सन चुल्हो जडान गर्न थाल्यो, निवेदकलाई वडा कार्यालयमा १ हजार ३० रुपैयाँ बुझाउन पालिकाको सूचना ।
१०) सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने, बिउ लिन १३ मंसिरसम्म कृषि शाखामा निवेदन दिनुपर्ने ।
११) ललितपुर महानगरपालिकामा २ मंसिर देखि कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिइँदै, समयावधि पुगेका नागरिकलाई खोप लगाउन सूचना जारी ।
१२) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले वडा नम्बर ५ स्थित पोबुमा रहेको सूर्यविनायक परिसरको पुनर्निर्माण गर्न थाल्यो, परिसरमा फल्चालगायत सम्पदा पनि पुनर्निर्माण तथा जीर्णोद्वार गरिने ।
१३) ललितपुरको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रविधि हस्तान्तरण गर्ने, इच्छुक कृषकले पशु सेवा कार्यालय लामाटारमा निवेदन दिनुपर्ने ।
१४) सिन्धुलीको सुनकोशी गाउँपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १५ दिन भित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने ।
१५) कैलालीको टीकापुर नगरपालिकाद्वारा १० औँ राष्ट्रिय कर दिवसका अवसरमा प्रभातफेरी आयोजना, दिवसका अवसरमा एक सातासम्म विभिन्न कार्यक्रम गरिने ।