close

टेलिकम बन्यो सरकारलाई सर्वाधिक कर तिर्ने कम्पनी 

टेलिकम बन्यो सरकारलाई सर्वाधिक कर तिर्ने कम्पनी 

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारी स्वामित्वको नेपाल टेलिकम सरकारलाई सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवस २०७८ अवसरमा विभिन्न क्षेत्रमा धेरै कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो ।

 

निर्यात उद्योगतर्फ डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्टस्, कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएर सम्मानित भएका छन् । 


त्यस्तै, सेवातर्फ नोबेल हस्पिटल, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएका छन् । सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । भ्याटमा अनुशासित भएको घोराही सिमेन्टले सम्मान पाएको छ ।

 

बिमाबाट नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणा सम्मानित भएका छन् । उनी नेपालका लागि टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख हुन् ।