close

सञ्चालन हुँदै कोरियन भाषा परीक्षा 

सञ्चालन हुँदै कोरियन भाषा परीक्षा 

Trulli
ADVERTISEMENT

काठमाडौं–रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारी जानेका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएको हो ।


विभागअन्तर्गतको ईपीएस शाखा ग्वार्काेका अनुसार आगामी १–७ पुससम्म हुने भाषा परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । गत वर्ष कोरोना महामारीका कारण भाषा परीक्षा हुन सकेको थिएन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी थिए । उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए ।

 

उत्तीर्णमध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइए पनि कोरोनाका कारण जान सकेनन् । कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली कामदार लैजाँदै आएको छ । ईपीएस शाखाको तथ्यांकअनुसार सन् २०१० मा २३३९, २०११ मा ३९८३, २०१२ मा ६३३२, २०१३ मा ५०४६, २०१४ मा ६०२८, २०१५ मा ५८६६, २०१६ मा ८०७९, २०१७ मा ७८०० र सन् २०१८ मा ८५११ ले दक्षिण कोरियामा रोजगारी अवसर प्राप्त गरिसकेका छन् ।