close

नास्टमा स्थापना भो सूचना पहुँच केन्द्र 

नास्टमा स्थापना भो सूचना पहुँच केन्द्र 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रूपमा उद्घाटन गरे ।

 

‘केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल पुर्न सहयोग गर्ने विश्वास लिएको छु,’ नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष योङसिकले भने । सचिव आचार्यले नास्टमा केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधि क्षेत्रमा थप सहज हुने बताए ।

 

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाएअनुसार २०२० भित्र नास्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरिएको जानकारी दिए । ‘कोरोना महामारीका कारण समयमै केन्द्र प्रयोगमा ल्याउन पाएनौँ । केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञलाई विज्ञ तुल्याई मोबाइल, ल्यापटपदेखि भाइबरका साथै म्यासेन्जर आदि सम्पूर्ण डिजिटल प्लेटफर्म चलाउन सिकाउनेछौँ,’ उनले भने । घुम्ती पहुँच केन्द्रलाई वर्षमा एक पटक ७ वटै प्रदेशमा लगेर जनताको मागबमोजिम प्रविधिबारे सिकाइने उनले बताए ।