close

हरियालीसहितका डिभाइडर बगैँचा बुटवल उपमहानगरलाई हस्तान्तरण

हरियालीसहितका डिभाइडर बगैँचा बुटवल उपमहानगरलाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देही व्यापार संघले २१औँ स्थापना दिवस अवसरमा संघद्वारा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल नगरमा निर्माण गरेको हरियालीसहितको डिभाइडर बगैँचा बुटवल उपमहानगरलाई हस्तान्तरण गरेको छ । 


संघले बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलाई निर्माण सम्पन्न डिभाइडरको चाबी हस्तान्तरण गरेको हो । बुटवल उपमहानगरको डिजाइनमा निर्माण गरिएको १२० मिटरको डिभाइडरमा वृक्षारोपण गरियो । 


उपप्रमुख आर्चायले नगरको विकासमा निजी क्षेत्रको सहकार्यमा धेरै योजना सञ्चालन गरिएको बताउँदै नगरलाई हरियाली र स्वच्छ राख्न सबै नगरबासीलाई आग्रह गरिन् । आर्चायले बुटवल राजमार्ग चौराहाबाट चिडिया खोलासम्मको बाटो निर्माण नगरेर संघले स्थानीय सरकारको बदनाम गरेको तर दोषजति उपमहानगरलाई दिइएको गुनासो गरिन् । 


निजी क्षेत्रका उद्योगी व्यवसायीसँग स्थानीय सरकार सहकार्य गर्दै अगाडि बढिरहेकाले कुनै समस्या भए आपसी छलफलमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन् । संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेले रूपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर निर्माण गरेको संरचना उपमहानगरले संरक्षण गर्नुपर्ने बताए । संघका पूर्वअध्यक्ष टंकप्रसाद पोखरेलले व्यावसायिक हितका लागि आगामी दिनमा छुट्टै कार्यक्रम ल्याउन सुझाए ।


संघ अध्यक्ष यमलाल लोहनीले २१औँ स्थापना दिवस अवसरमा संस्थालाई थप व्यवस्थित र सक्रिय बनाइने बताए । निजी क्षेत्रका व्यवसायीको हकहितका लागि आवश्यक रणनीति बनाएर संघले स्थानीय सरकारसँगको सहकार्यलाई थप बलियो बनाउँदै लगिने उनको भनाइ छ । संघका महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न प्रकारका फूलका बिरुवा रोपिएको थियो ।