close

पालिकामा दिनभरः बागचौरका वडाध्यक्षले देखाए दम्भ, तलब नदिएको भन्दै विद्यालय बन्द (भिडियो खबर) 

पालिकामा दिनभरः बागचौरका वडाध्यक्षले देखाए दम्भ, तलब नदिएको भन्दै विद्यालय बन्द (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले प्रयोग गर्ने सरकारी गाडी जनप्रतिनिधि र स्थानीयले प्रहरीलाई बुझाए, गाडी दुरुपयोग गरेको आरोप । 

 

२) पहिरोले ज्यान गुमाएकी मन्धरी बलायरको परिवारलाई डोटीको शिखर नगरपालिकाद्वारा राहत रकम प्रदान, एक लाख पाँच हजार रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण । 

 

३) प्रधानाध्यापकको तलबभत्ता रोकेको भन्दै सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पठनपाठन बन्द, विद्यार्थी मारमा । 

 

४) दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्न थाल्यो, बिउ लिन कृषि शाखामा सम्पर्क गर्नुपर्ने । 

 

५) गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नगरभित्र दिगो विकासका लागि समग्र पक्ष समेटिएको ५ वर्षे आवधिक योजना निर्माण सुरु, योजना निर्माणका लागि एमडी इन्जिनियरिङ कन्सल्टेन्सीद्वारा सहजीकरण । 

 

६) चितवनको राप्ती नगरपालिकाद्वारा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान जारी, ३० कार्तिकसम्म अभियान चलाइने । 

 

७) स्याङ्जाको पुतलीबजार नगरपालिकाले कृषकलाई अजौलाको बिउ वितरण गर्ने, इच्छुक कृषकलाई सात दिन भित्र आवेदन दिन सूचना जारी । 

 

८) क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै गर्न सकिने, विदेश जानेलाई सेवा लिन सहज हुने । 

 

९) रुकुम पूर्वको सिस्ने गाउँपालिकामा विद्युत् आयोजना निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी, पालिका र प्रदेश सरकारको लगानीमा जलविद्युत् आयोजना निर्माणाधीन ।

 

१०) स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह निर्माण, सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीद्वारा पालिकालाई भवन हस्तान्तरण । 

 

११) चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष प्रकाश दवाडीको कार्यकक्षमा स्थानीयद्वारा तालाबन्दी,२०७५ चैतमा गरिएको राइनोकुञ्ज पर्यटन मेलाको लेखापरीक्षणसहितको खर्च–आम्दानी सार्वजनिक नगरेको आरोप । 

 

१२) सल्यानको बागचौर नगरपालिकाका वडाध्यक्ष प्रेमबहादुर पुनद्वारा स्थानीय दिल केसीलाई सेवा दिनबाट रोक, सामाजिक सञ्जालमा ‘छोटेराजा लेखेको निउ ।

 

 १३) ललितपुरको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रविधि हस्तान्तरण गर्ने, इच्छुक कृषकले पशु सेवा कार्यालय लामाटारमा निवेदन दिनुपर्ने । 

 

१४) स्याङ्जाको वालिङ नगरपालिकाद्वारा कृषकलाई अनुदानमा गहुँको बिउ वितरण, दोस्रो चरणमा १७ क्विन्टल बिउ उपलब्ध गराउने तयारी । 

 

१५) पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण उपलब्ध गराउने, १५ लाख रुपैयाँसम्म ऋण पाइने ।