close

तानसेनले दिँदै उद्यमी महिलालाई बिनाधितो ऋण

तानसेनले दिँदै उद्यमी महिलालाई बिनाधितो ऋण

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग उपलब्ध गराउने भएको छ । नगरभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँसम्म ऋण सहयोग उपलब्ध गराइने भएको हो ।


नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध गराइनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग उपलब्ध गराइने कार्यक्रम ल्याइएको नगरप्रमुख अशोककुमार शाहीले बताए ।

 

नगरपालिकाको सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा बिनाधितो ५० हजारदेखि १५ लाख रुपैयाँसम्म र धितो राखेर धितोको मूल्यांकनअनुसार ऋण उपलब्ध गराइने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारी दिए । 

 

नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्र उद्यमीलाई ऋण उपलब्ध गराइनेछ । कात्तिकदेखि बिनाधितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउनेछ ।