देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) कोरोनामुक्त भए सिन्धुलीका ६ वटा पालिका, तीनपाटन, फिक्कल, गोलन्जोर, घ्याङ्लेख, मरिण र हरिहरपुरगढी गाउँपालिकामा कोरोना संक्रमित शून्य ।
२) पर्वतको पैयुँ गाउँपालिकाले गर्भवती र सुत्केरीसँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम सुरु गर्यो, गर्भवती र सुत्केरीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने ।
३) रौतहटको ईशनाथ नगरपालिकाले छठ पर्वअन्तर्गत २३ कार्तिकमा पर्ने खरनाको उपलक्ष्यमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द हुने ।
४) सर्लालीको बरहथवा नगरपालिकाले थप्यो बेमौसमी वर्षाले धानबालीमा गरेको क्षतिको विवरण बुझाउने म्याद, कृषकले २३ कार्तिकसम्म विवरण बुझाउनुपर्ने ।
५) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले एक जना कविराज करारमा नियुक्त गर्ने, १५ दिनभित्र दरखास्त बुझाउन सूचना जारी ।
६) रौतहटको गौर र धनुषाको शहीदनगर नगरपालिकाले छठ पर्वको उपलक्ष्यमा तीन दिन बिदा दिने, २३ कार्तिकदेखि २५ कार्तिकसम्म पालिका र मातहतका कार्यालय बन्द हुने ।
७) कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर २ को लार्फा गाउँमा खानेपानीको समस्या, पालिकाले खानेपानीको समस्या समाधान गर्न चासो नदिएको स्थानीयको आरोप ।
८) ललितपुर महानगरपालिकाले वडा नम्बर ११ मा पर्ने शंखमूल आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणको प्रक्रिया अगाडि बढाएपछि स्थानीयवासी विरोधमा उत्रिए, टेन्डर खारेजीको माग ।
९) गोरखाको गोरखा नगरपाालिकाले सामुदायिक विद्यालयमा लेखा परीक्षण गर्न लेखा परीक्षकसँग निवेदन माग्यो, इच्छुकले १५ दिन भित्र पालिकामा निदेदन बुझाउनु पर्ने ।
१०) जुम्लाको गुठीचौर गाउँपालिकाले दिन थाल्यो एकल पुरुषलाई भत्ता, ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषले मासिक दुई हजार रुपैयाँ भत्ता पाउने ।