close

एपमा समेटियो बागमतीको कानुन

एपमा समेटियो बागमतीको कानुन

Trulli
ADVERTISEMENT

काठमाडौं– बागमती प्रदेश सरकारले अब कानुन एप निर्माण गरेको छ । प्रदेशले केही समयअघि सूचना बैंक सञ्चालनमा ल्याएको थियो । बागमती प्रदेश सरकारले तर्जुमा गरेका सबै कानुन एकीकृत रूपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो । 


बागमती कानुन नाम दिइएको उक्त एपको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले सार्वजनिक गरेका थिए । उनले एपमार्फत डिजिटल बागमती प्रदेश बनाउने प्रयास गरिएको बताए ।


एप निर्माणकर्ता प्रोलोजिक सोलुसन प्रालिका प्रोप्रराइटर नितेश दाहालले मन्त्रालयले उपलब्ध गराएको कार्यविवरणअनुरूप एप निर्माण भएको र यो एप सरकारी स्वामित्वमा रहने भएकाले गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध गराउन केही समय लाग्ने जानकारी दिए ।