close

८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गर्दै महानगर

८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरले हालसम्म ८०० रोपनी सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गरेको जनाएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको बताए ।

 

‘सार्वजनिक महत्त्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो’, प्रमुख शाक्यले भने, ‘अब हामी अतिक्रमित जग्गालाई खुला बनाउँछौँ । त्यसपछि स्वामित्व दाबी गर्ने आउन थाल्छन् ।’ ३१ नम्बर वडाका वडाध्यक्ष नारायण भण्डारीले आफ्नो वडामा ३१ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको जानकारी दिए । उक्त जग्गालाई संरक्षण गरी सामाजिक उपयोगमा ल्याइने उनले बताए ।


बागमती नदी किनारामा रहेको करिब ६ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छाडेर बाँकी रहेको करिब ५ रोपनी क्षेत्रफलमा बाल उद्यान निर्माण गरिने भएको छ । बाल उद्यान निर्माणको हालै महानगरप्रमुख शाक्यले शिलान्यास गरे । उक्त उद्यान निर्माण जलपा निर्माण सेवाले ७७ लाख २२ हजार ८१३ रुपैयाँमा गर्ने भएको छ ।