close

कनेक्ट आईपीएसमार्फत काठमाडौं महानगरको कर भुक्तानी 

कनेक्ट आईपीएसमार्फत काठमाडौं महानगरको कर भुक्तानी 

Trulli
ADVERTISEMENT

काठमाडौं– स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाडौं महानगरले आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधा सुरु गरेको छ ।


सुविधाका लागि काठमाडौं महानगरलाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो । यो सुविधासँगै करदाताले महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाललगायत सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्क घरमै बसेर दाखिला गराई अनलाइन भुक्तानीका लागि कनेक्ट आईपीएस ई–पेमेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् । 


करदाताले कर तिर्न कार्यालयमा गएर लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनेछ । महानगरको राजस्व प्रणालीमा करदाताले पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोबाइल नम्बर र ईमेल ठेगाना आबद्ध गराउनुपर्नेहुन्छ ।

 

यसरी आबद्ध गरिसकेपछि करदाताले महानगरको वेबसाइटमा गई आप्mनो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गर्ने सक्नेछन् । रकम भुक्तानीका लागि आफ्नोे बंैक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व तिर्न सकिनेछ ।