देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) कपिलवस्तुका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणमा ल्याउन स्थानीयलाई हैजाविरुद्धको खोप दिन थालियो, १२ मंसिरसम्म खोप कार्यक्रम जारी रहने ।
२) बर्दियाको ठाकुरबाबा नगरपालिकाको आयोजनामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, विभिन्न खेलकुदका प्रतियोगिता हुने ।
३) बैतडीको पञ्चेश्वर गाउँपालिकाले धुरा मेलाको अवसरमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
४) काभ्रेको महाभारत गाउँपालिकाद्वारा कफिको साना व्यावसायिक कृषि उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी, इच्छुक कृषक समूह तथा फार्मले पालिकामा प्रस्ताव बुझाउनुपर्ने ।
५) भक्तपुर नगरपालिकाले समुदाय स्तरीय घरदैलो नर्सिङ सेवा सुरु गर्ने, लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा स्वयंसेविका तथा नर्सको सहभागितामा साताव्यापी अभिमुखीकरण सञ्चालन ।
६) झापाको भद्रपुर नगरपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १७ मंसिरभित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने ।
७) कोरोना रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरका स्थानीय तहले १८ वर्षमाथिका उमेर समूहलाई खोप लगाउने, ११ मंसिरदेखि खोप अभियान सुरू हुने ।
८) कीर्तिपुर नगरपालिकामा कार्यालय समय सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान गाउनु पर्ने नियम लागू, नियम लागू भएपछि कर्मचारी समयभन्दा ढिलो आउने समस्या हल ।
९) काठमाडौंको टोखा नगरपालिकाले वडा नम्बर ५ का ७० जना नागरिकलाई मेयर दिर्घायू कार्यक्रम अन्तरर्गत निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, इच्छुकले वडा कार्यालयमा निवेदन दिनुपर्ने ।
१०) नवलपुरको कावासोती नगरपालिकाद्वारा वडा–वडामा पुगेर कृषकको खेतबारीको माटो परीक्षण, निःशुल्क रूपमा माटो जाँच गर्न पाउँदा कृषक दंग ।
११) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले पशुको बिमा गर्न ५० प्रतिशत रकम कृषकलाई दिने, इच्छुक कृषकले आवश्यक कागजात सहित पशु शाखामा निवेदन दिनुपर्ने ।
१२) सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको निधनको शोकमा पालिकाले दियो बिदा, नगरपालिका र मातहतका कार्यालय बन्द ।
१३) पर्वतको मोदी गाउँपालिकाद्वारा उद्योग दिवसको अवसरमा पाालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी आयोजना, प्रदर्शनी ११ मंसिरसम्म चल्ने ।
१४) पाँचथरको कुम्मायक गाउँपालिकामा मालपोत कार्यालयद्वारा घुम्ती शिविर सञ्चालन, ११ मंसिरसम्म शिविर सञ्चालन हुने ।
१५) घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरर्गत पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना ।