देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) मोरङको लेटाङ नगरपालिकाको आयोजनामा सामुदायमा आधारित सहजकर्ताका लागि समावेशी विकास सम्बन्धी तालिम जारी, तालिम ३ मंसिरसम्म चल्ने ।
२) भक्तपुरको चाँगुनारायण नगरपालिकाको आयोजनामा हेल्मेट डाँडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, नगरवासीले राखे गुनासा नै गुनासा ।
३) दाङको तुलसीपुर उपमहानगरपालिकाले विभिन्न १२ वटा स्थानलाई घुम्नुपर्ने पर्यटकीय क्षेत्रको रुपमा गर्यो सूचीकृत, पर्यटकीय क्षेत्रमा लगानी बढाउँदै पालिका ।
४) भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्ति र तिनका संरक्षकका लागि एक महिने हस्तकलाका सामग्री बनाउने तालिम सुरु, पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्य ।
५) मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द, पठनपाठन प्रभावित ।
६) बैतडीको मेलौली नगरपालिकाले वडा नम्बर १ स्थित मेलौली भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा दियो दुई दिन सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
७) कपिलवस्तुको विजयनगर गाउँपालिकाले एक जना अनमी करारमा नियुक्त गर्ने, इच्छुकले सात दिनभित्र दरखास्त बुझाउनुपर्ने ।
८) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा लैंगिक उत्तरदायी बजेट परीक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता ।
९) ललितपुर महानगरपालिकाले पालिकावासीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन थाल्यो, समयावधि पुगेका नागरिकलाई ३ मंसिरसम्म खोप लगाइने ।
१०) कपिलवस्तुको शिवराज नगरपालिकाले अग्निपीडित व्यवसायीलाई १ लाख २ हजार रुपैयाँ सहयोग गर्ने, पालिकामा ७ मंसिरदेखि हैजाविरुद्धको खोप अभियान पनि सञ्चालन हुने ।
११) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को चौकीटोलमा सार्वजनिक शौचालय सञ्चालन, शौचालय बनाउन मितेरी टोल विकास संस्थालाई पालिकाको सहयोग ।
१२) झापाको भद्रपुर नगरपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १७ मंसिरभित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने ।
१३) कैलालीको घोडाघोडी नगरपालिकाले रामसार क्षेत्रमा १६ र १७ मंसिरमा चरा फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्ने, विजेतालाई ३० हजार रुपैयाँ पुरस्कार दिइने ।
१४) सुर्खेतको गुर्भाकोट नगरपालिकाले दुई जना मनोसामाजिक कार्यकर्ता नियुक्त गर्न विज्ञापन खुलायो, ७ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१५) भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा बालबालिकाको उपचारका लागि आवश्यक पर्ने आइसीयू युनिट सञ्चालनमा ल्यायो, पाँच शय्यामा आइसीयू कक्ष सञ्चालन हुने ।