close

खैरहनीमा न्यायिक निरुपण गोष्ठी

खैरहनीमा न्यायिक निरुपण गोष्ठी

Trulli
ADVERTISEMENT

चितवन – खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा एक दिने न्यायिक निरुपण तथा मेलमिलापसम्बन्धी अभिमुखीकरण एवं अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


न्यायिक समिति संयोजक तथा खैरहनी नगर उपप्रमुख सुनिता खरेल थपलियाको अध्यक्षता र नगरप्रमुख लालमणि चौधरीले सहभागिता जनाएको गोष्ठी प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले सञ्चालन गरेका थिए ।


न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य गोमादेवी घर्तीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासकीय अधिकृत नवीनराज रुवालीले गरेका थिए । कार्यक्रममा नगरप्रमुख चौधरीले स्थानीय तहमा दिगो शान्ति र पीडितलाई न्याय दिने कार्यमा मेलमिलापकर्ताको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले मेलमिलापकर्ता स्वार्थ, लोभ र मोह तीन चिजबाट मुक्त हुनैपर्नेमा जोड दिए । 


कार्यक्रममा खैरहनी नगरपालिकाका न्यायिक सहजकर्ता एवं कार्यक्रमका स्रोत व्यक्ति अधिवक्ता सञ्जयकुमार चौधरीले न्यायिक निरुपण तथा मेलमिलापका बेला हुने कानुनी शब्दावली, नगरपालिका न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन, २०७५, मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७८ सम्बन्धमा सहजीकरण गरेका थिए ।  कार्यक्रममा नगरका १३ वटै वडाका वडा मेलमिलाप केन्द्रका संयोजक तथा न्यायिक समितिका सदस्य सहभागी थियो ।