close

‘ट्याक्सीको मनपरी रोक्नु, स्याण्डवीच र कफिको मूल्य घटाउनु’

‘ट्याक्सीको मनपरी रोक्नु, स्याण्डवीच र कफिको मूल्य घटाउनु’

Trulli
ADVERTISEMENT

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने बित्तिकै मध्यमवर्गीय जनताको मन जित्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने संस्कारलाई मन्त्री प्रेमबहादुर आलेले पनि निरन्तरता दिएका छन् । 


आइतबार बिहानै निरीक्षणका लागि विमानस्थल पुगेका मन्त्री आलेको नजरमा परेको विमानस्थलको बेथिती थियो, ट्याक्सी र स्याण्डवीच । नागरिक उड्डयन प्राविधिकरणका उच्चपदस्थ कर्मचारी, विमानस्थल प्रशासनका बीचमा निरीक्षण लगत्तै मन्त्री आलेले भने, ‘ट्याक्सीको मनपरी भाडा र मोलमोलाई बन्द गर्नुस्, अनि त्यो २० रुपैयाँमा पाईने कफिको २५० रुपैयाँ ? स्याण्डवीच कत्तिको महंगो ? यसलाई नियन्त्रण गर्नुस् ।’ 


पहिलो पटक एयरपोर्ट निरीक्षणमा निस्किएका मन्त्री आलेले शनिबारको उडानबाट भोजपुर जान लागेका यात्रु छुटेको भन्ने उजुरीका विषयमा स्पष्टिकरण सोधेका थिए । आमा विरामी भएर भोजपुर जान लागेका यात्रु विकास श्रेष्ठले भने, ‘मन्त्रीज्यूको निरीक्षणपछि हामी पनि उड्न पायौं, हिजो छुटाएका हामीलाई आज ९ बजे उडाउँदैछ ।’


मन्त्री आलेले आफु मन्त्री रहुञ्जेल यात्रुले दुःख नपाउने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रालय सम्हालेबित्तीकै मन्त्री आलेले अनलाईन टिकेटिङको व्यवस्था गर्ने पहिलो निर्णय गरेका थिए ।