देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नवनिर्मित भवनबाट सेवा दिन थाल्यो, सेवा प्रवाह थप सहज हुनेमा पालिकावासी विश्वस्त ।
२) कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्यो, वडा नम्बर १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु ।
३) चाडपर्व सुरु भएसँगै पालिकाहरूले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद ।
४) काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने, २४ असोजसम्म खोप अभियान सञ्चालन हुने ।
५) बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ६ को कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, वडाको सेवा प्रवाह चुस्त र सहज हुने विश्वास ।
६) विश्व अण्डा दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाद्वारा गर्भवतीलाई अण्डा वितरण, स्तनपान गराईरहेकाहरु पनि प्राथमिकतामा ।
७) तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ द्वारा लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण, दसैँको मुखमा भत्ता पाउँदा लाभग्राही दंग ।
८) डोटीका नौ वटै स्थानीय तहलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अक्सिन सिलिण्डर प्रदान गर्यो, कोरोनो रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने दावी ।
९) रोल्पाको त्रिवेणी गाउँपालिकाले नेर्पा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालनमा ल्यायो, अब पालिकावासी उपचारका लागि अन्यत्र जानु नपर्ने ।
१०) काभ्रेको धुलिखेल नगरपालिकाद्वारा उद्यम विकास र रोजगारी सिर्जना कार्यक्रम अन्तर्गत महिलालाई सिलाई मेसिन वितरण, मेसिन पाउँदा महिला दंग ।
११) सिन्धुपाल्चोकको १२ किलो- टिमुरे सडकमा यात्रु बस सञ्चालन, सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर ७ का स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित ।
१२) झापाको दमक नगरपालिकाको आयोजनामा महिलाका लागि शेयर खरिद तथा व्यवस्थापन सम्बन्धी चार दिने तालिम आयोजना, तालिममा महिलाको उल्लेख्य सहभागिता ।
१३) बर्दियाको ठाकुरबाबा नगरपालिकाद्वारा कृषकलाई च्याउको बिउ प्रदान, पालिकाले पहिलो चरणमा अनुदानमा १५ सय प्याकेट च्याउको बिउ बाँड्यो ।
१४) भक्तपुर नगरपालिकाले वडा नम्बर १ को सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्यो, नगरप्रमुख सुनील प्रजापतिले गरे भवनको उद्घाटन ।
१५) चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न, भूकम्प, आगलागी तथा सडक दुर्घटना भएमा उद्दार गर्न तरिका पनि सिकाइयो ।
१६) दाङको राप्ती प्रादेशिक अस्पतालमा कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाई स्थापना, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरे उद्घाटन ।
१७) रुपन्देहीमा १८ वर्षमाथिका ६५ हजार नागरिकलाई दशैंअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने, १६ स्थानीय तहका ९९ स्थानमा तोकियो खोप केन्द्र ।
१८) खोटाङको साकेला गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इन्टरनेट विस्तार, २३ विद्यालयमा इन्टरनेट विस्तार भएसँगै अध्ययन अध्यापनमा सहज हुने ।
१९) उपभोक्ता समितिलाई योजना सम्झौता गर्न आउन रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले जारी गर्यो सूचना, मंसिर मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने ।
२०) सिन्धुलीको दुधौली नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले वडा कार्यालयमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने ।