जुम्ला– बालिका तथा किशोरीको अधिकार संरक्षण, संवद्र्धन र सशक्तीकरण गर्न एक दिनका लागि २२ वर्षीया किशोरी राज्यलक्ष्मी हमाल जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष बनेकी छन् । उनी मंगलबार एक दिनका लागि पालिका अध्यक्ष बनेकी हुन् ।
बालिका संरक्षण हकहितको वकालत गर्न हमाललाई एक दिने पालिका अध्यक्ष बनाइएको हो । किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने उनले बताइन् ।
पालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भनिन्, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहँुच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध छौँ ।’
पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन् भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको उनले बताइन् ।