देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा पालिकाको लगानीमा ज्येष्ठ नागरिक भवन निर्माण, भवनको गरियो उद्घाटन तथा हस्तान्तरण ।
२) खोटाङको साकेला गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इन्टरनेट विस्तारको काम सुरु, २३ विद्यालयमा इन्टरनेट विस्तार गरिने ।
३) ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा नामक कार्यक्रमको शुभारम्भ, ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर स्वास्थ्य परीक्षण गरिने ।
४) मोरङको लेटाङ नगरपालिकाले समुदायमा आधारित पुर्नस्थापना सहजकर्ताको नतिजा प्रकाशन गर्यो, परीक्षामा उर्तीण मनीषा लिम्बूले नियुक्तिका लागि सात दिनभित्र पालिका सम्पर्क गर्नुपर्ने ।
५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन थाल्यो, मेलम्चीको सक्रियताप्रति स्थानीय दंग ।
६) सल्यानको कपुरकोट गाउँपालिकाले कृषकलाई जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले पशुपक्षी विकास कार्यालयमा सम्पर्क गर्नुपर्ने ।
७) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा कैलालीको लम्कीचुहा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै गर्यो सम्मान, पालिकाले सामाजिक सुरक्षा भत्ता पनि दशैँअगाडि नै वितरण गर्ने ।
८) चाडपर्व नजिकिएसँगै पालिकाहरुले बजार अनुगमनलाई दिए प्राथमिकता, अनुगमनका क्रममा म्याद गुज्रेका सामान बरामद ।
९) स्याङ्जाको वालिङ नगरपालिका र रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निःशुल्क रेबिजविरुद्धको खोप अभियान जारी, कुकुर र बिरालालाई निःशुल्क खोप लगाउन सकिने ।
१०) सिन्धुलीको कमलामाई नगरपालिकाले वडा नम्बर ९ को भीमानमा ज्येष्ठ नागरिक दिवा सेवा भवन सञ्चालनमा ल्यायो, नगरप्रमुख खड्गबहादुर खत्रीले गरे भवनको उद्घाटन ।
११) काठमाडौंको शंखरापुर नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान, कपडा पाउँदा ज्येष्ठ नागरिक दंग ।
१२) चितवनको भरतपुर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई गर्यो सम्मान, पालिकाले ज्येष्ठ नागरिकका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
१३) सुरक्षित आवास निर्माण गर्न दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि तालिम सञ्चालन, तालिम १७ असोजसम्म चल्ने ।
१४) पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ को रजहरमा रहेको प्राकृतिक चिकित्सालयको परिसरमा आधुनिक प्रतीक्षालय निर्माण गरिने, प्रतीक्षालयको गरियो शिलान्यास ।
१५) सिन्धुलीको तीनपाटन गाउँपालिकाले विद्यालय र सहकारी संस्था र क्लबको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्यो सूचना, ३१ असोजभित्र पालिकाका निवेदन दिनुपर्ने ।
१६) बाराको करैयामाई गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले २० असोज भित्र निवेदन पेस गनुपर्ने ।
१७) म्याग्दीको बेनी नगरपालिकामा रसायनिक मल बिक्री गर्न सहकारी, फर्म र कम्पनीले अनुमति लिनुपर्ने, १७ असोजभित्र पालिकामा कागजपत्र बुझाउनुपर्ने ।
१८) ज्येष्ठ नागरिक दिवसको अवसरमा इलामको चुलाचुली गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकको निःशुल्क आखाको जाँच, स्क्रिनिङ तथा मोतियाबिन्दुको अपरेसन सुरु, शिविर १६ असोजसम्म चल्ने ।
१९) कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा मनोसामाजिक मनोविमर्श तथा किशोरी आत्मरक्षा तालिम सम्पन्न, सहभागीलाई हिंसाबाट बच्ने उपाय लगायतका बारेमा दिइएको थियो जानकारी ।
२०) काभ्रेको नमोबुद्ध नगरपालिकाले वडा नम्बर ११ का वडा सदस्य रामबहादुर तामाङको निधनको शोकमा पालिका र वडा कार्यालय गर्यो बन्द ।