रूपन्देही– बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको नेतृत्वमा बुटवलमा नगर सफा अभियान अगाडि बढाइएको छ । नगरप्रमुख सुवेदीको अगुवाइमा सडक विभाग, वातावरणीय सुन्दर नेपालसहित जनप्रतिनिधि, कर्मचारी र नागरिक अगुवासहितको टोलीले बुटवलमा राजमार्ग सरसफाइ अभियान सञ्चालन गरेको हो ।
लामो समयदेखि रोकिएको सडक निर्माण कामसमेत भइरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । सहर स्वच्छ राख्न सरसफाइमा सहकार्य गरौँ नारसहित यो अभियान सुरु गरिएको नगरप्रमुख सुवेदीले बताए ।