गाउँपालिका कार्यालयविरुद्धमा स्थानीयले दिएको उजुरीको आधारमा कार्यालयमा छापामारेको अख्तियारले जनाएको छ । अनुसन्धानका लागि भन्दै अख्तियारले कागजात समेत नियन्त्रणमा लिएको छ ।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजना लगायतमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियाको टोलीले वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको छ ।