देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) मोरङको पथरी शनिश्चरे नगरपालिकाले सुरु गर्यो जिओकृषि एप, अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिइने ।
२) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को कार्यालयमा आगजनी गर्ने व्यक्तिलाई कारवाही गर्न पालिकाको माग, दोषीलाई प्रहरीले पक्राउ नगरेकोमा पालिकाको असन्तुष्टी ।
३) इलाम नगरपालिकाले वडा नम्बर ७ मा निर्माण गरेको कवर्ड हलको उद्घाटन, कार्यक्रम गर्न सहज हुने दावी ।
४) काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ किमाडोलमा लायन्स उद्यमी नमूना गाउँ उद्घाटन, कृषकलाई लाभैलाभ ।
५) गुल्मीको मालिका गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरियो, गर्भवतीको घरमा हरियो झन्डा राख्ने कार्यक्रम सबै वडामा विस्तार ।
६) दाङको तुलसीपुर उपमहानगरपालिकामा सामुदायिक वन अधिकार सम्मेलन सुरु, तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी प्रतिनिधिलाई उपमहानगरपालिकाद्वारा स्वागत ।
७) सुनसरीको धरान उपमहानगरपालिकाले १० असोजदेखि भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने, विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पालिकाको आग्रह ।
८) मोरङको लेटाङ नगरपालिकाले कृषक तथा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा हिँउदे घाँसको बिउ वितरण गर्ने, बिउ लिन कृषकले १५ असोजसम्म विवरण पेश गनुपर्ने ।
९) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ८ मा सञ्चालन भइरहेका योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नुपर्ने योजनाका विषयमा पनि छलफल ।
१०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।
११) सर्लाहीको बरहथवा नगरपालिपालिकाले स्वयंसेवक शिक्षक करारमा भर्ना गर्न विज्ञापन खुलायो, इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१२) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषक तथा कृषि समूहले १४ असोजभित्र पालिकामा निवेदन दिनुुपर्ने ।
१३) झापाको बिर्तामोड नगरपालिकाले नगरभित्रका कुकुर र बिरालालाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थाल्यो, १२ असोजसम्म खोप कार्यक्रम सञ्चालन हुने ।
१४) तनहुँको शुक्लागण्डकी नगरपालिकाले सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई गर्यो बिदाई, सुवेदीको पाल्पाको रामपुर नगरपालिकामा सरुवा ।
१५) काठमाडौंको नागार्जुन नगरपालिकाले पशुपालक कृषकलाई च्यापकटर र काउ म्याट वितरण गर्ने, कृषकले सात दिन भित्र प्रस्ताव पेस गर्नुपर्ने ।
१६) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, संघर्ष समिति गठन गरेर रिले अनशनसहित आन्दोलन सुरु ।
१७) झापाको मेचीनगर नगरपालिकाले लगाइदियो चिया बगानमा कार्यरत ७ सय ८७ मजदुरलाई कारखानामै पुगेर कोरोना भाइरसविरुद्धको खोप, वडास्तरीय खोप अभियान पनि सुरु हुने ।
१८) तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १४ लाई शुन्य पोलिथिन मुक्त वडा घोषणा गर्यो, अन्य वडामा पनि यो अभियान पालिकाले सुरु गर्ने ।
१९) कास्कीको पोखरा महानगरपालिकाले कुकुर सडकमा छाडा छोड्ने व्यक्तिलाई ५ देखि १५ हजार रुपैयाँ जरिवाना तिराउने, पालिकाले कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण गर्न थाल्यो ।
२०) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा सामाजिक मेलमिलाप सम्वन्धी आधारभूत तालिम सम्पन्न, न्याय सम्पादनको कामलाई सशक्त बनाएर अघि बढ्ने योजना ।