देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) तनहुँको व्यास नगरपालिकाले पीसीआर प्रयोगशाला सञ्चालनमा ल्यायो, प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने ।
२) स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयलाई १० असोजदेखि कक्षा सञ्चालन गर्न दिने काठमाडौं महानगरपालिकाको निर्णय, विद्यालय सञ्चालन गर्र्दा २७ बुँदे मापदण्ड पालना गनुपर्ने ।
३) रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहँुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले २५ असोजभित्र पालिकामा निवेदन दिनुुपर्ने ।
४) विभिन्न सडक निर्माण गर्न काभ्रेको नमोबुद्ध नगरपालिकाले जारी गर्यो शिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना, ठेक्का लिन इच्छुक कम्पनीले ई-बिडिङमार्फत बोलपत्र पेस गर्नुपर्ने ।
५) झापाको बिर्तामोड नगरपालिकाद्वारा नगरभित्रका कुकुर र बिरालालाई रेबिजविरुद्धको भ्याक्सिन दिन सुरु, १२ असोजसम्म खोप कार्यक्रम सञ्चालन हुने ।
६) सरकारले काठमाडौंमा दशैँ तिहार लक्षित अनुगमन गर्न सातवटा टोलीलाई बजारमा खटायो, मूल्य वृद्धि तथा कृतिम अभाव गर्ने व्यापारीलाई कारवाही गरिने ।
७) बर्दियाको बारबर्दिया नगरपालिकाले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्यो, परिचयपत्र पाउँदा कमलरी समुदाय दंग ।
८) म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल १५ असोजदेखि खुलाईने, सुरुमा तातोपानी कुण्ड स्नान खोल्ने पालिकाको निर्णय ।
९) पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्यो सूचना, ३१ असोजभित्र पालिकाका निवेदन दिनुपर्ने ।
१०) अर्खाखाँचीको सन्धिखर्क नगरपालिकाले बाख्रा पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि कृषि समूह तथा फर्मले ११ असोजभित्र प्रस्ताव पेश पेस गर्नुपर्ने ।
११) बर्दियाको ठाकुरबाबा नगरपालिकाले सार्वजनिक गर्यो बेरोजगार व्यक्तिको प्राथमिकीकरण सूची, कुल ११ सय २९ जना बेरोजगार, सबैभन्दा बढी वडा नम्बर ३ मा ।
१२) झापाको दमक नगरपालिकाद्वारा न्यायिक समिति र मेलमिलापकर्ताबीच अन्तरक्रिया कार्यक्रम आयोजना, न्याय सम्पादनको कामलाई सशक्त बनाएर अघि बढ्ने योजना ।
१३) पर्साको पटेर्वा सुगौली गाउँपालिकाले बैठकमा उपस्थित नै नभएका जनप्रतिनिधि र कर्मचारीलाई भत्ता वितरण गरेको खुलासा, ४९ हजार ७ सय २५ रुपैयाँ बैठक भत्ता लिएको महालेखाको प्रतिवेदनमा उल्लेख ।
१४) काभ्रेको धुलिखेल नगरपालिकाद्वारा घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा छिटोछरितो बनाउन कर्मचारीलाई आग्रह ।
१५) पर्साको छिपहरमाई गाउँपालिकाले तीनजना स्वयंसेवक शिक्षक करारमा भर्ना गर्न विज्ञापन खुलायो, सात दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१६) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले रोजगार संयोजक पदको नतिजा प्रकाशन गर्यो, उत्तीर्णले सात दिनभित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।
१७) झापाको गौरादह नगरपालिकाद्वारा हाटबजार ठेक्का लगाउन सूचना जारी, १५ दिनभित्र पालिकामा दरभाउ पत्र पेस गर्न समय ।
१८) काठमाडौं उपत्यकावासीले अझै फोहोरको दूर्गन्ध झेल्नुपर्ने, काठमाडौं महानगरले तत्काल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्ने ।
१९) पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक वर्षको नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न सकेन, विकास निमार्णका काम प्रभावित ।
२०) आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउँदै स्थानीय तह, खोप लगाउन पालिकाले तोके केन्द्र ।