देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ५ मा सञ्चालन भईरहेको योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नु पर्ने योजनाका विषयमा पनि छलफल ।
२) स्याङ्जाको वालिङ नगरपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने योजना ।
३) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।
४) पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई निवेदन दिन जारी गर्यो सूचना, इच्छुकले ३१ असोजभित्र पालिकाका निवेदन दिनुपर्ने ।
५) स्याङ्जाको पुतलीबजार नगरपालिकाकोे आयोजनामा पालिका भित्रका सहकारी संस्थाका कर्मचारीका लागि ४ दिने आधारभूत सहकारी व्यवस्थापन सम्बन्धि तालिम जारी, कार्यक्रममा २० जनाको सहभागिता ।
६) अर्खाखाँचीको सन्धिखर्क नगरपालिकाले बाख्रा पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि कृषि समूह तथा फर्मले ११ असोजभित्र प्रस्ताव पेस पेस गर्नुपर्ने ।
७) दोलखाको तामाकोशी गाउँपालिकाले युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि वित्तिय सेवा प्रदायक संस्था छनौटका लागि पालिकाले प्रस्ताव आह्वान सम्बन्धी सूचना जारी गर्यो ।
८) रूपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ, पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने ।
९) उदयपुरको कटारी नगरपालिकाद्वारा नदीजन्य पदार्थ विक्रीका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्न सार्वजनिक सुनुवाइ, कार्यक्रममा स्थानीयले दिए राय सुझाव ।
१०) पाँचथरको फालेलुङ गाउँपालिकामा कार्यरत कार्यालय सहगोगी मन्टु केरुङको निधन, गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै दियो ६ असोजमा शोक बिदा ।
११) चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तल्लो ढुङ्गे गाउँ सडक सञ्जालसँग जोडियो, कृषि उत्पादन बजार पुर्याउन र आवतजावत गर्न सहज हुने ।
१२) कोरोना महामारीका कारण लामो समय बन्द जुम्लाका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सुरु, विद्यालय सञ्चालन गर्न घरदैलोमै पुगेर विद्यार्थी बोलाउन थालियो ।
१३) बर्दियाको बाँसगढी नगरपालिकाले सुरु गर्यो डिजिटल सेवा, वडा नम्बर ६ को कार्यालयबाट सेवा सुरु ।
१४) ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले सुरु गर्यो प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा, फार्मेसी सञ्चालनका लागि १ जना फर्मासिस्टलाई पालिकाले करार सेवामा नियुक्त गर्यो ।
१५) नवलपरासीको सरावल गाउँपालिकाले कृषकलाई हिँउदे घाँसको बिउ वितरण गर्ने, इच्छुक व्यक्ति तथा कम्पनीलाई बिउको दर रेट पेस गर्न सूचना जारी ।
१६) काभ्रेको धुलिखेल नगरपालिकाले नगर प्रहरी भर्ना गर्यो, नवनियुक्त नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान ।
१७) भक्तपुरको चाँगुनारायण नगरपालिका संसारका १० उत्कृष्ट नगरको सूचीमा, अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सञ्चालित ओपन सिटी इन्क्युबेटर कार्यक्रममा उत्कृष्ट घोषित ।
१८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नम्बर १ का महिलालाई गलैँचा बुनाई तालिम दिन थाल्यो, तालिम दुई महिनासम्म चल्ने ।
१९) सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ ले टोलटोलमा पुगेर उपभोक्ता समिति गठन गर्न थाल्यो, समितिले वडाको विकासमा ध्यान दिने ।
२०) सुर्खेतको गुर्भाकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले १० असोजभित्र पालिकामा निवेदन दिनुपर्ने ।