देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) दाङको तुलसीपुर उपमहागरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा-सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय समीक्षा सम्पन्न ।
२) गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्वारा बाँकेको नेपालगञ्जमा स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता ।
३) पाल्पाको निस्दी गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणका लागि बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गर्यो, बोलपत्रमा भाग लिने इच्छुक कम्पनीले पालिकामा सम्पर्क गर्नुपर्ने ।
४) कैलालीको घोडाघोडी नगरपालिकाद्वारा गत आर्थिक वर्षको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न, कार्यक्रममा नगरबासीले राखे विभिन्न गुनासा ।
५) जिल्ला समन्वय समिति इलामको दुई दिने समीक्षा बैठक सम्पन्न, बैठकमा जनप्रतिनिधिले गत आर्थिक वर्षमा भएका कामबारे गराए जानकारी ।
६) कास्कीको पोखरा महानगरपालिकाले १ असोजबाट विद्यालय खोल्ने, भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने पालिकाको निर्णय ।
७) काभ्रेको बेथानचोक गाउँपालिकाले कृषकलाई उन्नत बिउ तथा तरकारी मिनीकिट वितरण गर्ने, बिउ र मिनीकिट लिन इच्छुक कृषकले १५ दिनभित्र वडामा निवेदन दिनुपर्ने ।
८) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जिल्ला समन्वय समिति सदस्य बलराम पन्तको निधनको शोकमा दियो सार्वजनिक बिदा, पन्त वडा नम्बर ५ बाट वडा सदस्य पदमा भएका थिए निर्वाचित ।
९) धादिङको गजुरी गाउँपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा जारी, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने पालिकाको योजना ।
१०) अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि फार्मलाई ७५ प्रतिशत अनुदानमा मिल्क क्यान वितरण गर्ने, इच्छुक फार्मले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
११) रामेछाप नगरपालिकाले महिलालाई ड्राइभिङ तालिम दिन सुरु गर्यो, तालिममा २० जनाको सहभागिता ।
१२) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले ७ असोजभित्र पालिकामा निवेदन दिनुुपर्ने ।
१३) म्याग्दीको मंगला गाउँपालिकाले विभिन्न पदमा करारमा कर्मचारी नियुक्त गर्न विज्ञापन खुलायो, १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१४) नगरस्तरीय सडक मर्मतका लागि दररेट पेस गर्न काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सूचना जारी गर्यो, इच्छुक निर्माण व्यवसायीले सात दिनभित्र पालिकामा दररेट पेस गर्नुपर्ने ।
१५) नुवाकोटको किस्पाङ गाउँपालिकाले दुई जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले १४ असोजभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।