देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) सुर्खेतको गुर्भाकोट नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा-सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय समीक्षा सम्पन्न ।
२) काठमाडौंको चन्द्रगिरि नगरपालिकामा १ असोजबाट विद्यालय खुल्ने, भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने पालिकाको निर्णय ।
३) सुनसरीको दुहवी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा लगायो रोक, पालिकाको निर्देशन अटेर गर्नेलाई कारबाही गरिने ।
४) रूपन्देहीको बुटवल उपहानगरपालिकाले नगर प्रहरी र फायरमेन करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
५) चितवनको भरतपुर महानगरपालिका सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने अभियानमा, पालिकाले वडा नम्बर २४ मा आधारभूत स्वास्थ्य कार्यालय भवनको शिलान्यास गर्यो ।
६) ललितपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन नयाँ भवन तयार, नवनिर्मित भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले गरे उद्घाटन ।
७) गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्वारा सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी कर्णाली प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता ।
८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा डाँडापारिका स्थानीयसँग जनतासँग मेयर कार्यक्रम सम्पन्न, कार्यक्रममा नगरबासीले राखे विभिन्न गुनासा ।
९) उच्च अदालतल दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकासहित सात जनाका नाममा परमादेश जारी गर्यो, फोहोर व्यवस्थापन नहुँदा नगरबासी सास्ती खेप्दै ।
१०) उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न आउन रूपन्देहीको कोटहीमाई गाउँपालिकाले सूचना जारी गर्यो, १५ कात्तिकसम्म समिति गठन गरिसक्नुपर्ने ।
११) विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि बैतडीका १० वटै स्थानीय तहका विद्यालय खुले, विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु ।
१२) काभ्रेको धुलिखेल नगरपालिकाले सिएमसी नेपालको सहकार्यमा मानसिक स्वास्थ्यसम्बन्धी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, पालिका र सिएमसीबीच सम्झौता ।
१३) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि चालू वर्ष कार्यक्रम सञ्चालन हुने, कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १८ असोजसम्म पालिकामा निवेदन दिनुपर्ने ।
१४) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।
१५) बागलुङ नगरपालिकाले आगामी ४ असोजदेखि पालिकाभित्रका विद्यालय खुलाउने, दैनिक चार घन्टा पठनपाठन सञ्चालन गर्ने शिक्षा समितिको निर्णय ।
१६) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा दलित समुदायलाई दलित बस्ती विकास कार्यक्रमअन्तर्गत इन्डक्सन चुल्हो वितरण, ९८ घरधुरीले पाए चुल्हो ।
१७) राष्ट्रिय जनगणना २०७८ का लागि झापाका १५ पालिकामा सुपरिवेक्षक परिचालन, १५० सुपरिवेक्षकले तथ्यांक संकलन गर्ने ।
१८) गोरखाको अजिरकोट गाउँपालिकाले वडा नम्बर १ का पहिरो पीडित पाँच घरपरिवारलाइ विभिन्न संस्थाको सहयोगमा ३० हजारका दरले रकम उपलब्ध गरायो, रकम पाउँदा पीडित दंग ।
१९) दाङको तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय समीक्षा जारी, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने पालिकाको योजना ।
२०) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सेवा प्रवाहलगायतका विषयमा पत्रकारसँग अन्तरक्रिया सम्पन्न ।