देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) कास्कीको पोखरा महानगरपालिकालाई भगिनी सम्बन्ध गाँसेका चीनका ४ वटा सहरले स्वास्थ्य सामग्री र उपकरण प्रदान गरे, सामग्रीले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने ।
२) रौतहटको गौर नगरपालिकाले सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखालाई प्रविधिमैत्री बनाउने, पालिकाले भत्ता प्राप्त गर्ने लाभग्राहीलाई डिजिटल परिचय पत्र वितरण गर्न थाल्यो ।
३) नेपाल नगरपालिका संघको आयोजनामा मकवानपुरको हेटौंडामा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व संकलन र स्रोतको समुचित परिचालन सम्बन्धी अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिसहित अन्य सरकोरवालाको सहभागिता ।
४) रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना जारी गर्यो, इच्छुक कम्पनीले ३० दिन भित्र बोलपत्रमा भाग लिनुपर्ने ।
५) सिन्धुलीको सुनकोसी गाउँपालिकाले विपि राजमार्गको विभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने पालिकाको निर्णय ।
६) सहारा नेपालबाट उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सहयोग स्वरुप प्राप्त एम्बुलेन्स पालिकाले वडा नम्बर ३ को आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्यो, बिरामीलाई अस्पतालसम्म पुग्न सहज हुने ।
७) दाङको शान्तिनगर गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा विक्रि वितरणका लागी बोलपत्र आह्वान सम्बन्धी सूचना जारी गर्यो, बोलपत्रमा भाग लिन इच्छुक कम्पनीले पालिकामा सम्पर्क गर्नुपर्ने ।
८) ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा प्रधानाध्यापकका लागि नेतृत्व विकास सम्बन्धी भर्चुअल तालिम जारी, तालिममा ६५ जनाको सहभागिता ।
९) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई घरघरमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन थाल्यो,अभियानसबै वडामा सञ्चालन हुने ।
१०) सोलुखूम्बुको सोलुदूधकुण्ड नगरपालिकाका विद्यालय २० भदौदेखि सञ्चालन हुने, शिक्षा समितिको बैठकले गर्यो यस्तो निर्णय ।
११) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।
१२) ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले २० भदौदेखि विद्यालय खोल्ने निर्णय गर्यो, शिक्षकलाई विद्यालय फर्कन पालिकाकाे सूचना ।
१३) काभ्रेको बनेपा नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न ।
१४) लमजुङको दोर्दी गाउँपालिकाले सञ्चालन गरेको हेलो आमा कार्यक्रम प्रभावकारी बन्दै,घरमै हुने सुत्केरीलाई न्यूनीकरण गर्ने लक्ष्य ।
१५) सामुदायिक विद्यालयको लेखा परीक्षण गर्न रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले लेखा परीक्षकसँग इच्छा पत्र माग गर्यो, इच्छुकले पालिकामा कागजात पेस गर्नुपर्ने ।
१६) सुर्खेतको लेकवेशी नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन तथा विक्रि वितरणका लागी बोलपत्र आह्वान सम्बन्धी सूचना जारी गर्यो, बोलपत्रमा भाग लिन इच्छुक कम्पनीले पालिकामा सम्पर्क गनुपर्ने ।
१७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले प्राथमिक अस्पताल थानकोटको लागि विभिन्न पदका लागि विज्ञापन खुलायो, इच्छुकले २४ भदौसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१८) स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा प्राविधिक कर्मचारीका लागि आयोजना गरिएको क्षमता विकास सम्बन्धी तालिम सम्पन्न,यसअघि सहायक स्तरका कर्मचारीका लागि सञ्चालन गरिएको थियो तालिम ।
१९) कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालय स्थानीय तहको निगरानीमा २० भदौदेखि खुल्ने,कोभिड-१९ संकट व्यवस्थापन समितिले गर्यो यस्तो निर्णय ।
२०) काठमाण्डौ महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।