देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) प्यूठान नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न ।
२) काठमाडौंका सडकमा थुप्रिएको फोहोर महानगरले उठाउन थाल्यो, पालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापन गर्ने विषयमा ९ बुँदे सहमति ।
३) कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगरपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जमिन पालिकाको नाममा रजिष्ट्रेशन पास गरिदिए, अब पालिकाले कार्यालय भवन बनाउने ।
४) सप्तरीको कञ्चनरूप नगरपालिकाले बजार तथा पोखरी ठेक्का लगाउने, पालिकाले जारी गर्यो पन्ध्र दिने सूचना ।
५) सामुदायिक विद्यालयको लेखा परीक्षण गर्न रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले लेखा परीक्षकसँग इच्छा पत्र माग गर्यो, इच्छुकले सात दिन भित्र पालिकामा कागजात पेस गर्नुपर्ने ।
६) पर्वतको जलजला गाउँपालिकाले लैनो गाईभैँसी पाल्ने कृषकलाई पोषण भत्ता वितरण गर्न थाल्यो, पालिकालाई दूधमा आत्मनिर्भर बनाउने योजना ।
७) सुर्खेतको लेकवेशी नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन तथा विक्रि वितरणका लागी बोलपत्र आह्वान सम्बन्धी सूचना जारी गर्यो, बोलपत्रमा भाग लिन इच्छुक कम्पनीले पालिकामा सम्पर्क गनुपर्ने ।
८) ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा प्रधानाध्यापकका लागि नेतृत्व विकास सम्बन्धी भर्चुअल तालिम जारी, तालिममा ६५ जनाको सहभागिता ।
९) बागलुङ नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थाल्यो, कक्षा ९ र १० मा अध्ययन गर्नेलाई एक हजार र ११, १२ र डिप्लोमाका विद्यार्थीलाई दुई हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने ।
१०) गोरखाको पालुङटार नगरपालिकाले घर नक्सा पास सम्बन्धी सफ्टवेयर लागू गर्ने, पालिकाले प्राविधिक कर्मचारी लगायतलाई सफ्टवेयरका बारेमा दियो दुई दिन तालिम ।
११) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, पहिलो र दोस्रो मात्राको खोप लगाउन पालिकाले तोके केन्द्र ।
१२) बाँकेको कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न छात्रवृत्ति दिने, एसईई उर्तिण विद्यार्थीले भेरी प्राविधिक शिक्षालयमा १८ भदौसम्म दरखास्त दिनुपर्ने ।
१३) झापाको भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका सहिद सुरज विश्वासको परिवारलाई मासिक रकम दिने, १० हजार रुपैयाँ दिने पालिकाको निर्णय ।
१४) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विद्यार्थीको भौतिक उपस्थितमा पठनपाठन सञ्चालन गर्ने, २७ भदौबाट विद्यालय खुल्ने ।
१५) बाराको जितपुर सिमरा उपमहानगरले बजार क्षेत्रको फोहोर नउठाएपछि आक्रोशित स्थानीयले उपमहानगरको कार्यालय अगाडि नै फोहोर थुपार्न थाले, फोहोर व्यवस्थापनमा पालिकाले ध्यान नदिएको स्थानीयको आरोप ।
१६) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाकाले विद्यालयमै पठनपाठन सञ्चालन गरेपछि जिल्ला प्रशासन कार्यालयले दियो बन्द गर्न दबाब, स्थानीय तहको अधिकारमाथि प्रशासनले हस्तक्षेप गरेको नगरप्रमुख सन्तोष चालिसेको गुनासो ।
१७) औषधी तथा सर्जिकल सामग्री खरिद गर्न मोरङको रंगेली नगरपालिकाले बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गर्यो, इच्छुक कम्पनीले कागजात सहित बोलपत्रमा भाग लिनुपर्ने ।
१८) नेपाल इन्भेष्टमेन्ट बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा शाखा विस्तार गर्यो, नगरप्रमुख खड्गबहादुर खत्रीले गरे शाखाको उद्घाटन ।
१९) काठमाडौं महानगरपालिकाको वडा नम्बर २० मा जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लबको संयुक्त भवन निर्माण हुने, भवनको गरियो शिलान्यास ।
२०) रामेछापको मन्थली नगरपालिकाले पालिकाको प्रथम नगर विकास योजना तयार गर्यो, योजना तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न ।