सुनसरी– सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ ।
मुटुुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका चौधरीको उपचारका क्रममा विराटनगरको विराट शिक्षण अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद साहले जानकारी दिए ।
चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।