काठमाडौं– एक महिनादेखि काठमाडौंका सडकमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालिएको छ । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै फोहोर उठ्न थालेको हो ।
निरन्तरको वर्षाले सिसडोलसम्म पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।