देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ को महेन्द्र माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गर्यो, प्रविधिको प्रयोग गर्दै अनलाइन कक्षा सुरु ।
२) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा १५ भदौदेखि पठनपाठन सञ्चालन गर्ने, विद्यालयले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने ।
३) कास्कीको पोखरा महानगरपालिकाको परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न, बैठकले गर्यो विभिन्न महत्वपूर्ण निर्णय।
४) रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बन्दै, वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई अनलाइन प्रणाली र एप्लिकेसनबारे वडा वडामा पुगेर जानकारी दिन थाल्यो ।
५) कोरोना संक्रमण नियन्त्रणमा लिन संखुवासभाको मादी नगरपालिकाले बन्दाबन्दीको समय थप गर्यो, १७ भदौ राती १२ बजेसम्म बन्दाबन्दी गर्ने पालिकाको निर्णय ।
६) नवलपरासीको रामग्राम नगरपालिकाले बाढी प्रभावितलाई राहत स्वरुप नगद रकम उपलब्ध गराउन सुरु गर्यो, प्रति परिवार दुई हजार रुपैयाँ प्रदान ।
७) डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने, पाठ्यक्रम बनाउन कार्यदल र मस्यौदा समिति गठन ।
८) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, पहिलो र दोस्रो मात्राको खोप लगाउन पालिकाले तोके केन्द्र ।
९) ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले १५ भदौदेखि सिकाइ सहजीकरण गर्न पालिकाभरका विद्यालयलाइ परिपत्र गर्यो, जोरबिजोर कक्षा सञ्चालन वा अन्य कुनै वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्नुपर्ने ।
१०) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम जारी, तालिम १५ भदौसम्म चल्ने ।
११) काठमाडौं महानगरपालिकाले उठाउन नसक्दा चौक चौकमा थुप्रियो फोहोर, फोहोर व्यवस्थापनमा लापरवाही गरेको स्थानीयहको गुनासो ।
१२) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयोजना छनौट गरि पठाउन सूचना जारी गर्यो, उपभोक्ता समिति गठन गरि २० भदौभित्र स्थानीयले पालिकामा सम्पर्क गर्नुपर्ने ।
१३) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले कृषि परियोजनाअन्तर्गत पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, सहभागी हुन २३ भदौसम्म आवेदन दिनुपर्ने ।
१४) मोरङको लेटाङ नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन र कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्ने, कृषक तथा कृषि समूहले १६ भदौभित्र पालिकामा प्रस्ताव पेश गर्नुपर्ने ।
१५) वर्षाका कारण देशका विभिन्न पालिकामा बाढीपहिरोको वितण्डा, वर्षा भइरहेकाले सुरक्षित र सतर्क रहन पालिकाको आग्रह ।