भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका आउँदो १५ भदौमा शोक बिदा घोषणा गरेको छ । ४ वर्षदेखि नगरपालिकामा कार्यरत कर्मचारी राजकुमार दाहालको निधन भएपछि पालिकाले सूचना जारी गरेर शोक बिदा घोषणा गरेको हो ।
आगामी मंगलबार नगर कार्यपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिइनेछ ।
नगरपालिकाका अनुसार कर्मचारी दाहाल २०७४ देखि हलुका सवारीसाधन चालकका रूपमा कार्यरत थिए । पालिकाको कार्यपालिकाका सबै सेवा बन्द गरे पनि पूर्वनिर्धारित खोप कार्यक्रम यथावत् सञ्चालन गरिनेछ ।