देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) ललितपुर महानगरपालिकाद्वारा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी नो रेबिज, नो बेबिज अभियान थालनी, अभियानमा स्नेहा केयरले दियो साथ ।
२) सुंवासभाको खाँदबारी नगरपालिकाद्वारा कृषक तथा कृषि समूहलाई मिनीटिलर वितरण, खेतीपाती गर्न सहज हुने ।
३) कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शव वाहन सेवा सञ्चालनमा ल्यायो, दुवै सेवा सञ्चालनका लागि पालिकाले निर्देशिका तयार गर्ने ।
४) कालीकोटको नरहरिनाथ र पचालझरना गाउँपालिकाका विद्यालय सञ्चालनमा आए, स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरिने ।
५) कर्मचारीमा कोरोना संक्रमण भएर बन्द गरिएको इलामको माङसेबुङ गाउँपालिकाले सेवा सुचारु गर्यो, वडा कार्यालयहरू पनि खुले ।
६) पाल्पाको तानसेन नगरपालिकाको फोहोर निजी क्षेत्रले व्यवस्थापन गर्ने, सुन्दर नेपाल प्रालि र नगरपालिकाबीच सम्झौता ।
७) कपिलवस्तुको वाणगंगा नगरपालिकाले कृषक समूहलाई उन्नत जातका भैँसी वितरण गर्यो, आयआर्जजनमा सहयोग पुग्ने ।
८) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा कर्मचारीका लागि पुनर्ताजगी तालिम आयोजना, तालिम ५ भदौसम्म चल्ने ।
९) चितवनको भरतपुर महानगरपालिका-४ मा स्वास्थ्य कार्यालयको भवन निर्माण हुने, नगरप्रमुख रेनु दाहालले गरिन् भवनको शिलान्यास ।
१०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।
११) पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले प्रहरी कार्यालयलाई पत्र काटेको खुलासा, लेनदेन विषयमा विवाद ।
१२) भक्तपुर नगरपालिकाले ख्वप अस्पताल भवन निर्माणका लागि विभिन्न निर्माण सामग्रीसहितको ठेक्कासम्बन्धी सूचना जारी गर्यो, ४ असोजसम्म बोलपत्र पेस गर्न सकिने ।
१३) उदयपुरको बेलका नगरपालिकाले औषधी आपूर्ति गर्न सूचना जारी गर्यो, इच्छुकले १५ दिनभित्र पालिकामा सम्पर्क गनुपर्ने ।
१४) बैतडीको पुर्चौडी नगरपालिकाको नगर कार्यपालिकाको बैठक सम्पन्न, बैठकले ग¥यो विभिन्न महत्वपूर्ण निर्णय ।
१५) बाँकेको ननैनापुर गाउँपालिकाले मुहर्रम पर्वको अवसरमा ४ भदौमा सार्वजनिक बिदा दिने, पालिका र मातहतका कार्यालय बन्द हुने ।
१६) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ४ भदौभित्र पालिकाको शिक्षा शाखामा कार्य सम्पादन मूल्यांकन फारम बुझाउन शिक्षकलाई दियो समयावधि, ७ भदौभित्र शिक्षा विकास तथा समन्वय इकाइमा फारम बुझाइसक्नुपर्ने ।
१७) सुनसरीको धरान उपमहानगरपालिकामा ४ भदौदेखि १० दिन लकडाउन गर्ने पालिकाको निर्णयप्रति स्थानीय आन्दोलित, पालिकामा संक्रमित भने बढ्दै ।
१८) काभ्रेको पाँचखाल नगरपालिका र पनौती नगरपालिका-५ मा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न टोली खटियो, नगरबासीले आफ्नो वडामा विवरण भर्नुपर्ने ।
१९) दाङको राप्ती गाउँपालिकाका ९ वटै वडामा स्वास्थ्य इकाइ सञ्चालन, नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिने पालिकाको उद्देश्य ।
२०) नदीजन्य पदार्थको बिक्री शुल्क संकलनका लागि कैलालीको गोदावरी नगरपालिकाले विद्युतीय बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गर्यो ।