देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा कर्मचारीका लागि पुनर्ताजगी तालिम आयोजना, तालिम ५ भदौसम्म चल्ने ।
२) स्याङ्जाको वालिङ नगरपालिका-१४ को डुम्रेभन्ज्याङमा स्वास्थ्य चौकी स्थापना गर्ने विषयमा जनप्रतिनिधि र स्थानीयबीच छलफल, स्थलगत अवलोकन सम्पन्न ।
३) ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गर्यो, स्वास्थ्य मापदण्ड पालना गर्न पालिकाको सुझाव ।
४) कोरोना संक्रमण बढेपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा, हाटबजार, सरकारी तथा वित्तीय कार्यालय र यातायातका साधन ठप्प ।
५) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ६४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गर्यो, वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न सहज हुने ।
६) काठमाडौं महानगरपालिकाले नउठाउँदा चोक-चोकमा थुप्रियो फोहोरको डंगुर, फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएको भन्दै महानगर पन्छिएको पालिकाबासीको गुनासो ।
७) रजिस्टर्ड लेखा परीक्षकहरूलाई सम्झौता गर्न आउन सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले जारी गर्यो सूचना, ७ दिनभित्र सम्झौता गर्न आउनुपर्ने ।
८) स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकलाई अनुदान रकम वितरण, एक लिटर दूधमा १५ रुपैयाँ अनुदान पाउँदा किसान दंग ।
९) अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले टुनीचौरका कुमाल समुदायलाई सोलार वितरण गर्यो, २० घरधुरीले पाए ८० वाट क्षमताका सोलार ।
१०) मोरङको लेटाङ नगरपालिकाले कृषक तथा कृषि समूहलाई अनुदानमा सामग्री वितरण गर्न सूचना जारी गर्यो, गोठ सुधारका लागि पनि पालिकाले सहयोग गर्ने ।
११) कपिलवस्तुको वाणगंगा नगरपालिकाले पशुपंक्षी तथा मत्स्य फार्म नवीकरण गर्न जारी गर्यो सूचना, भदौ मसान्तभित्र फार्म दर्ता नगरे पालिकाले चालू वर्षको अनुदान कार्यक्रममा समावेश नगर्ने ।
१२) काभ्रेको पाँचखाल नगरपालिका र पनौती नगरपालिका-५मा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न टोली खटियो, नगरबासीले आफ्नो वडामा विवरण भर्नुपर्ने ।
१३) चितवनको भरतपुर महानगरपालिकाको ३ र ४ वडा जोड्ने पक्की पुल निर्माण सम्पन्न, नगरप्रमुख रेनु दाहालले गरिन् पुलको उद्घाटन ।
१४) रूपन्देहीको तिलोत्तमामा नगरपालिकामा घरको नक्सा अनलाइनबाट पास हुने व्यवस्था, नगरलाई कागजविहीन बनाउने र स्मार्ट सहरको रूपमा विकास गर्ने योजना ।
१५) मोरङको लेटाङ नगरपालिका-२ ले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बाँड्न थाल्यो, नेपाल-बंगलादेश बैंकको बुधबारे शाखाबाट भत्ता बुझ्न सकिने ।
१६) नुवाकोटको विदुर नगरपालिका-४ को वडा कार्यालय भवन उद्घाटन, वडा कार्यालयसँगै सहरी स्वास्थ्य केन्द्रको भवनबाट पनि सेवा दिन थालियो ।
१७) सुनसरीको धरान उपमहानगरपालिकामा १० दिन लकडाउन गर्ने कार्यपालिका बैठकको निर्णय, समुदायमा कोरोना फैलिएको भन्दै ४ भदौदेखि लकडाउन हुने ।
१८) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले घर-घरमा मास्क वितरण गर्न थाल्यो, मास्क बाँड्न १५ जना स्वयंमसेवक परिचालन ।
१९) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।
२०) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ९ मा गड्यौले मल उत्पादनसम्बन्धी तालिम जारी, २३ असोजसम्म चल्ने तालिममा स्थानीयको सहभागिता ।