close

सडक मर्मतकाे माग गर्दै गाउँपालिकामा युवाहरुले लगाए ताला

सडक मर्मतकाे माग गर्दै गाउँपालिकामा युवाहरुले लगाए ताला

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको महोत्तरी गाउँपालिकाको मुल गेटमा स्थानिय युवाहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकमा रहेको मुल सडक तथा साखा सडकहरुको स्तरोन्नती नभएको र आवत जावतको लागी समस्या भएको भन्दै स्थानिय युवाहरुले तालाबन्दी गरेका हुन ।

 

सडक स्तरोन्नतीको लागि तत्काल काम अगी नबढाए मुल गेटमा लगाएको ताला नखुलाउने र अन्य आन्दोलनका कार्यक्रमसमेत अगाडि बढाउने युवाहरुको अडान छ । युवाहरुले पालिकाको अगाडी नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका थिए ।

 

पालिकाको मुल गेटमा ताला र प्रदर्शन गर्न थालेपछी गाउँपालिकाका अध्यक्ष सुनिल राय सडकको अनुगमनमा निस्केको नगरपालिकाले जनाएको छ । अनुगमन गरेपछी युवाहरुको मागलाई संबोधन गर्ने अध्यक्ष रायले बताएका छन् ।
 
युवाहरुले आरोप लगाएजस्तो नभएतापनी केही सडकको अवस्था भने जिर्ण रहेको र त्यसलाई तत्काल समधान गर्ने अध्यक्ष रायले पालिका खबरलाई बताए ।  हिलाम्मे भएको सडक संघीय सरकारको बजेटमा ठेक्का लगेको र ठेक्केदार कम्पनीले ढिला गरेको हुनाले समयमा नै मर्मत सम्भार नभएको पालिका अध्यक्ष शर्माले जानकारी दिए ।

 

हिलाम्मे सडकको कारण नागरिकहरुलाई सास्ती भएको स्वीकार गर्दै प्रमुख प्रशासकिय अधिकृत चन्द्र सेखर शर्माले युवाहरुको मागलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्ने बताएका छन् ।