देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको जमुनाहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन, संक्रामक रोग नियन्त्रणका लागि हेल्थ डेस्कले सहयोग पुर्याउने ।
२) डडेलधुराको परशुराम नगरपालिकाले लघु उद्यम कार्यक्रमअन्तर्गत उद्यमीलाई विभिन्न कृषि सामग्री प्रदान गर्यो, बाख्रापालक कृषकलाई पनि विभिन्न औषधी प्रदान ।
३) मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को इच्चुङ र बखरडाँडा जोड्ने झोलुंगे पुल सञ्चालनमा आयो, स्थानीयलाई आवतजावतमा सहज हुने ।
४) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।
५) नागरिक अगुवाहरूले सञ्चालन गरेको साझा प्रयासले कपिलवस्तुका सबै पालिकामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्यो, कन्सन्ट्रेटर पालिकाहरूले आइसोलेसनमा प्रयोग गर्ने ।
६) नेपाल नेत्रहीन संघको आयोजनामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा अपागंता समावेशीकरण तथा विकास विषयक कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिको सहभागिता ।
७) नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले जिल्लाका ४ वटा स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गरायो, कोरोना नियन्त्रणमा पालिका थप सक्रिय हुँदै ।
८) काभ्रेको धुलिखेल नगरपालिकाको नगर शिक्षा समितिको बैठक सम्पन्न, बैठकले गर्यो विभिन्न महत्वपूर्ण निर्णय ।
९) धनुषाको शहिदनगर नगरपालिकाले महिलालाई सिलाइ-कटाइ मेसिन प्रदान गर्यो, वैदेशिक रोजगारीमा गएका परिवारका महिलालाई सिलाइ मेसिन प्रदान ।
१०) वाणगंगा नदीमा पानीको बहाव बढेसँगै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका दुई सय घर जोखिममा, बाढीले जमिन कटान गर्दै ।
११) काभ्रेको नमोबुद्ध नगरपालिकाद्वारा भकुन्डे-लभनेपाल दारिमटार हुँदै लामा जक्सन पुग्ने सडक निर्माण सम्पन्न, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले गरे सडकको उद्घाटन ।
१२) मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाले युवा व्यवसाय प्रवद्र्घनका लागि पालिकाबासीलाई विभिन्न सामग्री वितरण गर्यो, आयआर्जनमा सहयोग पुग्ने ।
१३) सुनसरीको धरान उपमहानगरले बाँड्यो अशक्तलाई ह्विल चियर, अशक्तलाई ह्विल चियरले सहयोग पुग्ने ।
१४) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, रकम सहयोग गर्नेहरू बढ्दै ।
१५) बर्दियाको बाँसगढी नगरपालिकाले सडक किनारसँगै खुला क्षेत्रमा वृक्षारोपण गर्यो, नगरलाई हरियाली बनाउने पालिकाको योजना ।
१६) स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकामा स्थायी बसोबास भएका कोभिड- १९ प्रभावित सार्वजनिक यातायात व्यवसायीलाई करमा २० प्रतिशत अनुदान दिने, व्यवसायीले कागजात पालिकामा पेस गर्नुपर्ने ।
१७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल सहयोग गर्यो, शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा प्रहरीलाई मोटरसाइकलले सहयोग पुग्ने ।
१८) भक्तपुर नगरपालिकाको आयोजनामा कर्मचारीका लागि एक महिने सांकेतिक भाषा तालिम जारी, कार्यक्रममा २० जनाको सहभागिता ।
१९) तेह्रथुमको म्याङलुङ नगरपालिकाले नदी तथा खोलाखोल्सीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगायो, सूचना अटेर गर्नेलाई कारबाही गरिने ।
२०) कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा जमेको पानी मोहना-अत्तरिया ६ लेन सडकको कल्भर्टबाट वडा नम्बर २ मा निकास गर्दा वडाका केही स्थान डुबानमा ।