तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना राहत कोषमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गरेको छ । कोरोना नियन्त्रणमा सघाउन सूर्य नेपालले २० लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ शेरामा रहेको कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिका अध्यक्ष मायादेवी रानालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
म्याग्दे गाउँपालिका अध्यक्ष रानाले कोरोना नियन्त्रणमा रकम सदुपयोग गर्ने बताइन् । गत वर्षदेखि लगतार कोरोना नियन्त्रणमा खटिएको गाउँपालिकालाई स्रोत–साधन अभाव भएको उनको भनाइ छ ।
यसअघि कम्पनीले गाउँपालिकालाई १ थान एम्बुलेन्स सहयोग गरेको थियो ।
सूर्य नेपालले गत वर्ष तनहुँको शुक्लागण्डकी नगरपालिका र गण्डकी प्रदेशको कोरोना राहत कोषमा मोटो रकम जम्मा गरिदिएको थियो ।