ललितपुर- ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा २० वटा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट र नीति तथा कार्यक्रममा महानगरले एक वर्षको अवधिमा पूर्वाधार देखि स्वास्थ्य, शिक्षालगायतमा उल्लेख्य काम गरेको दावी गरेको छ ।
महानगरका अनुसार एक वर्षका अवधिमा उसले गरेका मुख्य उपलब्धि यस्ता छन् ।
मूख्य सडकहरुमा स्मार्ट सडक बत्ती जडान प्रकृया प्रारम्भ गरेको ।
विकासको दिगोपनका लागि वडाहरुको आफ्नै भवन निर्माण अभियानको रुपमा संचालन गरेको ।
जनस्तरवाट सम्पदा संरक्षण कार्य शुभारम्भ अन्तर्गत पाटन दरवार क्षेत्रस्थित भिमसेन मन्दिर पुनःनिर्माण थालनी भएको ।
एशियाली विकास बैंकको सहयोगमा लगनखेलवाट शंखमुलसम्मको ढल निर्माण कार्य प्रारम्भ भएको ।
सडक सन्जालमा आधारित मेट्रीक प्रणालीद्धारा वडा नं. ३ का १ हजार घरमा घर नम्बर वितरण गरेको ।
ललितपुर महानगरपालिकालाई साइकल मैत्री शहर निर्माणको अभियानमा साइकल लेन निर्माण कार्य अघि बढेको ।
ऐतिहासिक पूर्णचण्डी पोखरी पुरानै स्वरुपमा निर्माण समाप्त भएको छ ।
लगनखेलस्थित न्हूः पुखु मर्मत सुधार प्रारम्भ गरिएको ।
वातावरण सुधार र हरियाली प्रबद्र्धन योजना अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज, जावलाखेल फुटवल मैदान र लगनखेलको बुद्धिविकास मण्डलको कम्पाउण्डवालको सट्टामा वारपार देखिने फेन्स निर्माण गरेको ।
संस्कृतिविद् वाङमय सताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दीका विविध कार्यक्रम संचालन गरी उनको मुखाकृति अंकित चाँदीका मुद्राहरु टकमारी गरेको ।
महानगरपालिकाको आयोजनामा सिटी नेटको कार्यसमिति बैठक र बिश्व सम्पदा क्षेत्र सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गरेको ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा बन्दाबन्दीको समयमा पनि जीटुजी प्रक्रियाबाट राहत सामग्री खरिद गरी सबै वडामा राहत उपलब्ध गराईएको ।
महानगरवासीको जीवन रक्षाका लागि महामारी फैलन नदिन स्वास्थ्य सूरक्षा सामानहरु उपलब्ध गराई तोकिए बमोजिम क्वारेन्टाईन र होल्डिङ्ग सेन्टर संचालन गरेकोे ।
कोभिड–१९ को असर न्यूनिकरण गर्न कृषि उत्पादनमा प्रबद्र्धन गर्न सबै वडामा कृषि सामग्री तथा मल विउ उपलब्ध गराएको ।
वडा नं ४, जावलाखेलमा पर्ने मिननाथसँंगैको पार्क र वडा ५ र १३ मा पर्ने स्टिल टावरसँगैको पार्क निर्माण सुरु गरेको ।
महानगर प्राङ्गगण सुधारको काम थालेको र भवनमा लिफ्ट जडान सम्पन्न गरेकोे ।
लामो समयदेखि टेण्डर प्रक्रियाद्वारा बहालमा दिन नसकिरहेको पसलकवलहरुको बहाल विधिपूर्वक सम्पन्न गरेको ।
महानगरपालिकाभित्र विद्युतीय शवदाह गृह निर्माण गर्दै जाने नीति अनुसार पहिलो विद्यतीय शवदाह गृह शंखमुलमा जडान गर्न आवश्यक जग्गा अधिग्रहण गरेको ।
महानगरभित्र निर्माण गरिने ब्लाकटप पिच रोडको मोटाई घटीमा पनि ४० एम एम (डेढ ईन्च) हुनुपर्ने ललितपुर महानगरको नीति अन्तर्गत गएिएका लगभग सबै पिचहरु स्तरीय भएको ।
नक्साहरुको डिजिटाइजेशन कार्य भएको ।