देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित, ठूलो धनजनको क्षति ।
२) ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रत्येक वडामा घटना दर्ता शिविर सञ्चालन, १ हजार ९ सय ९० जनाको विवरण दर्ता गर्ने पालिकाको लक्ष्य ।
३) दाङको लमही नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा, पालिकाले स्वास्थ्यकर्मीलाई पनि गर्यो सम्मान ।
४) मकवानपुरको हेटौंडामा बागमती प्रदेश कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको कृषि तरकारी तथा थोक बजार निर्माण हुने, बजारको गरियो शिलान्यास ।
५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गर्यो, आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा ।
६) रूपन्देहीको सैनामैना नगरपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने, अस्पताल निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न ।
७) भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा जिम्न्यास्टिक खेलका लागि कभर्ड हल निर्माण गरिने, कभर्ड हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्, नगरपालिका र संघबीच सम्झौता ।
८) मोरङको बेलबारी नगरपालिकाको पहलमा दुई महिनादेखि सडकमा अलपत्र परेका रामबहादुर राईको गरियो उद्दार, राईलाई मानवसेवा आश्रम विराटनगर पठाइयो ।
९) जिल्ला समन्वय समिति बाराको चौथो जिल्ला सभा कलैयामा सम्पन्न, सभाले गर्यो विभिन्न महत्वपूर्ण निर्णय ।
१०) सल्यानको बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा मिनिअक्सिजन प्लान्ट जडान,बिरामीलाई उपचारमा सहज हुने ।
११) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले विपत्तिबाट बच्न पूर्व तयारी थाल्यो, पहिरोको उच्च जोखिममा रहेका वडा नम्बर ५ का १६ घर परिवारलाई सुरक्षित स्थानमा सारियो ।
१२) सिन्धुलीको तीनपाटन गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्यो, एक कृषक बराबर २५ वटा बिरुवा वितरण ।
१३) सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले कार्यालयमा डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्यायो, सेवाग्राहीलाई सहज हुने ।
१४) रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सडक तथा चोकमा निःशुल्क कोरोना परीक्षण गर्न सुरु, परीक्षणले कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने ।
१५) सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकालाई गर्यो सम्मान, पालिकाले सम्मान गर्दा ज्येष्ठ नागरिक दंग ।
१६) काभ्रेको पाँचखाल नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाललाई पोषणमैत्री स्वास्थ्य केन्द्र घोषणा गर्यो, सन्तुलित खानेकुरामा जोड दिइने ।
१७) उदयपुरको कटारी नगरपालिकाको सातौँ नगर सभा सम्पन्न, बजेट तथा कार्यक्रम पत्रकार सम्मेलन गरि सार्वजनिक ।
१८) सर्लाहीको हरिपुर नगरपालिका कृषक तथा कृषि समूहलाई आप तथा लिच्चीको बिरुवा वितरण गर्न थाल्यो, बिरुवा लिन कृषि शाखामा सम्पर्क गर्नुपर्ने ।
१९) सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न नसेको भन्दै स्थानीय आक्रोशित, पालिकाको कार्यालय हाताभित्र चौपाया हुलिदिएर स्थानीयले विरोध गरे ।
२०) इलामको सूर्योदय नगरपालिकाका १४ वटै वडामा वृक्षारोपण अभियान जारी ।