देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) बाढीबाट क्षति बेहोरेपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिद्वारा पालिकाको राहत कोषमा रकम जम्मा गर्ने निर्णय, जनप्रतिनिधिले कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने ।
२) चितवनको भरतपुर महानगरपालिकाको बेरुजु घट्दै, महानगरद्वारा बेरूजु फस्र्योट समिति पनि गठन ।
३) कोरोना रोकथाम तथा नियन्त्रणमा सोलुखुम्बकोु सोलुदुधकुण्ड नगरपालिका सक्रिय, नगरपालिकाले थप स्वास्थ्य सामग्रीको बन्दोबस्त गर्यो ।
४) ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर विद्यालयमा हाजिर हुन शिक्षकलाई जारी गर्यो उर्दी, विद्यालयले २० असारसम्म विद्यार्थी भर्ना अभियान चलाउनुपर्ने ।
५) पर्वतको जलजला गाउँपालिकाले वर्षायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने, १५ भदौसम्मका लागि बालुवा निकाल्न ठेक्का लगाउने पालिकाको निर्णय ।
६) रौतहटको परोहा नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढायो, योग्यता पुगेकाको पालिकाले ७ असारमा शारीरिक परीक्षण गर्ने ।
७) मेलम्ची नगरपालिकाले राहत, पुनस्र्थापना र पुननिर्माणका लागि देशभरका स्थानीय तहलाई राहत कोषमा रकम सहयोग गर्न अपिल गर्यो, बाढीबाट ठुलो धनजनको क्षति ।
८) काभ्रेको धुलिखेल नगरपालिका आगामी वर्षको बजेट बनाउन व्यस्त, बजेट तर्जुमा समितिको बैठक सम्पन्न ।
९) झापाको कन्काई र उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरु बढ्दै ।
१०) मोरङको विराटनगर महानगरपालिकाले खोप र स्वास्थ्य सामग्री सहयोगका लागि आफूसँग जोडिएका अन्तर्राष्ट्रिय दातृनिकाय तथा संघ-संस्थासँग गर्यो अपिल, महानगर कोरोना नियन्त्रणमा क्रियाशिल ।
११) रूपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो, स्वास्थ्य र कृषिलाई प्राथमिकता ।
१२) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम चक्की निःशुल्क वितरण गर्न सुरु गर्यो, क्याल्सियम ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण ।
१३) लामो समयदेखि सडक नबनेपछि कैलालीको धनगढी उपमहानगरपालिका-५ का स्थानीयले हसनपुर–शिवनगर सडक खण्डमा रोपाईँ गरे, स्थानीय आक्रोशित ।
१४) काठमाडौंको कीर्तिपुर नगरपालिकाले विष्णुदेवी अस्पतालमा बहिरंग सेवा सुरु गर्यो, नगरप्रमुख रमेश महर्जनले गरे सेवाको उद्घाटन ।
१५ ) भक्तपुरको चाँगुनारायण नगरपालिकाले बाढीले क्षति गरेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान, मेलम्चीलाई १० लाख र हेल्बुलाई ५ लाख रुपैयाँ प्रदान ।
१६) पाल्पाको रिब्दीकोट गाउँपालिका ३ नम्बर वडा कार्यालयले किसानलाई लैनो भैँसी र पाडी वितरण गर्यो, १० जना किसानलाई अनुदानमा वितरण गरियो भैँसी र पाडी ।
१७) काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ द्वारा मद्वत नेपाल संस्थाको सहयोगमा देशेगाउँमा स्वास्थ्य शिविर सम्पन्न, पालिकावासीले पाए स्वास्थ्य सेवा ।
१८) मकवानपुरको हेटौँडा उपमहानगरपालिकाद्वारा आँखा जाँच गर्ने मेसिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख रुपैयाँ हस्तान्तरण, नगरप्रमुख हरिबहादुर महतले गरे रकम प्रदान ।
१९) कैललीको टीकापुर नगरपालिकाको नवौँ नगरसभा सुरु, नगर सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्ने ।
२०) दाङको लमही नगरपालिकाले किसानलाई बाँड्यो बोयर जातका बोका ।