देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) बाढीबाट क्षति बेहोरेको सिन्धुपाल्चोककको मेलम्ची नगरपालिकालाई काभ्रेको नमोबुद्ध नगरपालिकाले नगद र खाद्यान्न सहयोग गर्यो, खाद्यान्नसहित ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ मेलम्ची नगरपालिकालाई प्रदान ।
२) काठमाडौंको शंखरापुर नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्ने, भवनको गरियो शिलान्यास ।
३) अक्सिजन प्लान्ट स्थापना गर्न उदयपुरको बेलका नगरपालिकालाई सहयोग जुट्दै, व्यक्ति र संघसंस्थाले रकम सहयोग गर्दै ।
४) कोरोना संक्रमणबाट निधन भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनका लागि छात्रवृत्ति दिने रूपन्देहीको तिलोत्तमा नगरपालिकाको घोषणा, स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक ।
५) रामेछाप नगरपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, ९ असारसम्म नगरपालिका र वडा कार्यालय पनि बन्द हुने ।
६) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्वारा बाढीकोले ठूलो धनजनको क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रकम सहयोग गर्ने निर्णय, दुई वटै पालिकालाई १०/१० लाख दिने ।
७) बाराको सुवर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा पालिकाकै कार्यालय सहयोगी मुकेशप्रसाद यादव पक्राउ, यादवविरुद्ध प्रहरीले अदालतमा आपराधिक लाभसम्बन्धी मुद्दा दायरा गर्ने ।
८) चितवनको कालिका नगरपालिकाको नवौँ नगरसभा सुरु, सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्ने ।
९) इलामको सूर्योदय नगरपालिकाका १४ वटै वडामा वृक्षारोपण अभियान जारी, अभियान एक महिनासम्म चल्ने ।
१०) झापाको कन्काई नगरपालिकामा अक्सिजन प्लान्ट संचालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरु बढ्दै ।
११) दार्चुलाको मार्मा गाउँपालिकाले एकल महिलालाई वितरण गर्यो कुखुराका चल्ला, ४३ जना महिलालाई प्रतिव्यक्ति २० वटा प्रदान ।
१२) नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालयबाट गत २४ चैतमा भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरणमा संघीय मामिला मन्त्रालय छानबिन गर्दै, ज्येष्ठ नागरिकले लामो समयदेखि भत्ता पाएनन् ।
१३) काभ्रेको पनौती नगरपालिकाले बालबालिकाका लागि आइसोलेसन निर्माण गर्न थाल्यो, वडा नम्बर ४ मा ३० शय्याको आइसोलेसन बन्ने ।
१४) काठमाडौं महानगरपालिकाको नवौँ नगरसभा उपप्रमुख हरिप्रभा खड्गीसहित १४ जना जनप्रतिनिधिले गरे वहिष्कार, नगरप्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरसभामा लैजान खोजेको आरोप ।
१५ ) काठमाडौंको कीर्तिपुर नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्यो, विद्यालयबाट विद्यार्थीले नतिजाबारे जानकारी लिन सक्ने ।
१६) स्याङ्जाको वालिङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गर्नेहरू बढ्दै, पालिकाले गाउँगाउँमा पुगेर कोरोना परीक्षण गर्दै ।
१७) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई तीन-तीन लाख सहयोग गर्ने निर्णय, सहयोग गर्नेहरू बढ्दै ।
१८) काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने, पालिकाले धमाधम रकम सहयोग गर्दै ।
१९) सिरहाको धनगढीमाई नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियानमा स्थानीयको उत्साहजनक सहभागिता, अभियान १५ असारसम्म सञ्चालन हुने ।
२०) धादिङको नीलकण्ठ नगरपालिकाले भर्चुअल माध्यमबाट आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा पालिकाबासीसँग माग्यो राय सुझाव ।