सिन्धुपाल्चोक- मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० जना भन्दा वढी वेपत्ता हुनुका साथै मेलम्ची ड्याम ध्वस्त भएको छ ।
जिल्लाको तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको स्वास्थ्यमन्त्री शेर बहादुर तामागंले जानकारी दिए । वाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल पूर्ण रुपमा क्षति भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त हुँदा अबौं रकमको क्षति भएको छ ।
वाढी वढीरहेका कारण सप्तकोशी नदी आसपासका जनतालाई सतर्क रहन अपील गरिएको छ । सरकारले प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेको छ । मन्त्रीका अनुसार प्रभावित क्षेत्रमा सरकारले आजै टेण्ट र खाद्यान्न वितरण गर्नेछ ।